Home / ताजा समाचार / कमल गाउँपालीकामा माध्यमिक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

कमल गाउँपालीकामा माध्यमिक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

सप्तरङ्गी एफ.एम./जेठ २४ /दमक
झापको कमल गाउँपालीकामा आज गाउँपालीका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालीकामा रहेको सामुदायीक माध्यमिक बिद्यालयका बिद्यार्थिहरु विच वक्तृत्वकता प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालीकाको आर्थिक सहयोग र वडा नम्बर ३ को नरेन्द्र जनता माध्यमिक बिद्यालयको आयोजनामा भएको प्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालीका भित्रका ९ वटा सामुदायीक बिद्यालयका बिद्यार्थिहरुले सहभागी प्रतियोगीतामा शहिद धर्मभक्त माध्यमिक बिद्यालयकी छात्रा प्रितिका सुवेदी प्रथम, बाणी माध्यमिक बिद्यालयका छात्र बिकाश घिमिरे द्वितिय, मंगलमय माध्यमिक बिद्यालयका छात्र बिशाल प्याकुरेल तृतिय र ज्योति माध्यमिक बिद्यालयका छात्र दिपेश सञ्जेलले सान्त्वना पुरस्कार प्रप्त गरे ।
नरेन्द्र जनता माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालीका शिक्षा शाखा प्रमुख भोला दाहाल, वडाध्यक्ष केदार कटुवाल, श्रोत व्यक्ति केशब भट्टराई र बिद्यालयका प्रधान अध्यापक गंगा प्रसाद प्रसाईंले लगायतले उत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कार बितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...