Home / राष्ट्रिय समाचार / नेकपाको दल दर्तामा छैन आयुक्त ईला शर्माको हस्ताक्षर ।

नेकपाको दल दर्तामा छैन आयुक्त ईला शर्माको हस्ताक्षर ।

सप्तरङ्गी एफ.एम. /जेठ २५ /दमक
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको हिँजो बुधबार बसेको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा दर्ता गरेको हो ।
आयोगको दल दर्ता गर्ने निर्णयमा आयुक्त इला शर्माले भने हस्ताक्षर गर्नु भएको छैन । आयोगको बैठकमा केहीबेर सहभागी भए पनि उहाँ निर्णय हुनु अघि नै बाहिरिनु भएको थियो ।
राजनीतिक दल सम्बन्धि ऐनको दफा १५ को उपदफा ४ मा राजनीतिक दलको सबै तहको समितिमा एक तिहाई महिला सहभागिता रहनुपर्ने व्यवस्था छ । आयुक्त शर्माले एक तिहाई महिलाको पक्षमा धारणा राख्दै आउनु भएको छ । तर हरेक निर्णय सर्वसम्मतबाट गर्नुपर्ने निर्वाचन आयोग सम्बन्धि ऐनको व्यवस्थाका कारण उहाँले फरक मत दर्ज नगरेको स्रोतले बतायो ।
शक्ति सम्पन्न सत्ताको नेतृत्वकर्ता पार्टिलाई संबिधान अनुसार दर्ता नगरी राख्ने आँट निर्वाचन आयोगले गर्न सकेन । सोहि कारण आयुक्त शर्माले नेकपाको दल दर्तामा हस्ताक्षर नगरेको अनुमान गरिएको छ ।
उता निर्वाचन आयोगका प्रमुख आयुक्त आयेधिप्रसाद यादवले भने आयोगको निर्णय सर्वसम्मत भएको दाबी गर्नु भयो । प्रमुख आयुक्त यादवले नेकपा दल दर्तामा आयुक्त शर्माको पनि सहमती रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

नेपालको पहिचानको लागी हिन्दु राष्ट्र आवस्यक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जन जागरण ...

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । ...

इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ सुनसरीको इटहरी उप–महानगरपालिका ४ मा हिँजो बिहिबार साँझ बिष्कुट अड्किएर ६ ...

अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत कमल गाउपालीकामा र्याली

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत आज झापाको कमल गाउपालीकामा कार्यक्रम ...