Home / खेलकुद़़ / म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ ।

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ ।

सप्तरङ्गी एफ.एम./जेठ २४ /दमक
म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज सफाइ दिने फैसला सुनाएको हो ।
राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाउनु भएको हो ।
उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।
फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटेका थिए । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...

१ बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरिएको दमकको रोज गार्डेन पार्कमा १ बर्ष पुग्दा शिलान्यासमा रोपिएकै गुलाफका बिरुवा वेपत्ता

सप्तरङ्गी एफ.एम. दमक/फागुन २/दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर ...

कमल गाउँपालिकाको आयोजनामा वृहत साहित्यिक कार्यक्रम हुने

सप्तरङ्गी एफ.एम. दमक / १ फागुन २०७५ कमल / कमल गाउँपालिकाको आयोजनामा वृहत साहित्यिक कार्यक्रम ...

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेका छन् :गृहमन्त्री थापा

सप्तरङ्गी एफ.एम. दमक फागुन १गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर ...