Home / राष्ट्रिय समाचार / सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि बिरुद्ध नेविसंघद्वारा बिरोधका कार्यक्रम घोषणा ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि बिरुद्ध नेविसंघद्वारा बिरोधका कार्यक्रम घोषणा ।

सप्तरङ्गी एफ.एम. /जेठ २५/ दमक
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने भएको छ ।
जसअन्तरगत, संघले हिँजो बुधबार थप संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघका सभापति नैनसिंह महरले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित देशका ७७ जिप्रकामा हिँजो बुधबार कालो झण्डा बोकेका नेविसंघ कार्यकर्ताले धर्ना तथा जुलुस लगाएका थिए ।
धर्नापछि भएको कार्यक्रममा बोल्दै नेविसंघका सभापति नैनसिंह महरले जनताको ढाँड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्नु भयो ।
सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ ।
सरकारले भने अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसकिने प्रतिक्रिया दिँदै आएको छ ।
पछिल्लो पटक गत जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

नेपालको पहिचानको लागी हिन्दु राष्ट्र आवस्यक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जन जागरण ...

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । ...

इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ सुनसरीको इटहरी उप–महानगरपालिका ४ मा हिँजो बिहिबार साँझ बिष्कुट अड्किएर ६ ...

अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत कमल गाउपालीकामा र्याली

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत आज झापाको कमल गाउपालीकामा कार्यक्रम ...