Home / राष्ट्रिय समाचार / सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

सप्तरङ्गी एफ.एम.जेठ २४ दमक
चिकित्साशिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गर्नु भएको छ ।
डाक्टर केसीले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको आरोप लगाउनु भएको छ ।
तीन वर्षे स्नातकोत्तर तह अध्ययन गरेका चिकित्सकले दुई वर्ष सेवा गरे पुग्ने व्यवस्था कायम गरी चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने डाक्टर केसीको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकहरुको अध्ययन, वृत्तिविकास ठप्प हुनेगरी जबर्जस्ती थोपरिने नियमले देशभर गुणस्तरीय सेवा पु¥याउन बाधा खडा गर्ने उहाँको भनाइ छ ।
६ बुँदे मागसहित जारी गरिएको विज्ञप्तिमा डा. केसीले सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने चेतावनीसमेत दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*