Home / अन्तर्वार्ता / गर्मि मौशममा धेरै भन्दा धेरै पानी पिउनु पर्छ ।

गर्मि मौशममा धेरै भन्दा धेरै पानी पिउनु पर्छ ।

अहिले गर्मि मौशम सुरु भैसकेको छ । गर्मिका कारण हुने बिभिन्न किषिमका रोगहरुको संक्रमण पनि दिन दिनै बढिरहेको छ । आज हामिले गर्मिका कारण हुने रोगहरु र यसबाट बच्ने उपायका बिषयमा दमक अस्पतालका डाक्टर रेवन्त थापा संग कुरा गरेका छौं ।
अहिले गर्मिका कारण अस्पतालमा बिरामीहरुको चाप कत्तिको बढेको छ ।
बिरामीको चाप दिनदिनै बढिरहेको छ ।
बिषेश गरी कस्ता खालका बिरामीहरु धेरै आउछन् ?
अहिले बिषेश गरी गर्मिका कारण हुने रोगहरु लिएर धेरै बिरामीहरु आउने गर्नु भएको छ । बिषेश गरी झडापखालाका बिरामी धेरै आउने गरेका छन् । त्यसैगरी छालाका रोगहरु, टाउको दुख्ने रिंगटा लाग्ने लगायतका समस्या लिएर पनि आउनु हुन्छ । र अहिले एक प्रकारको किराको टोकाईले हुने समस्या लिएर पनि आउनु हुन्छ । त्यो किराले टोक्दा चाहीँ शरिर भरी डाबर निश्कंदो रैछ ।
गर्मि मौशममा अलि धेरै रोग बिरामले मानिसलाई च्याप्छ यसको कारण चाहिँ के हो ?
यो मौशममा बिषेश गरी खानेकुराहरु चाँडै सड्ने गल्ने हुन्छ । बासी खाना खानाले समस्या हुन्छ, जाडोमा त्यस्तै खाना खाँदा समस्या नहुन सक्छ तर गर्मि मौशममा चाहिँ चाँडै सड्ने हुनाले बिरामी हुन सकिन्छ । त्यसैगरी बाहिर घाममा श्रम गर्ने व्यक्तिको धेरै पसिना बग्दा शरिरबाट नुनको मात्रा पनि धेरै जान्छ । पानी कम हुन्छ त्यसैले कमजोरी हुने हुन्छ । त्यसैगरी बिभिन्न किरा फट्याङ्ग्राहरु पनि जाडो मौशममा भन्दा गर्मि मौषममा धेरै हुन्छन्, यीनले गर्दा हुने रोगहरु पनि गर्मि मौषमा देखिन्छ ।
गर्मि मौशममा हुने रोगहरु बाट कसरी बच्ने त ?
यो समयमा धेरै भन्दा धेरै पानी पिउनु पर्छ । हाम्रो शरिरलाई धेरै भन्दा धेरै पानी आवस्यकता पर्दछ । गर्मिमा पशिना बाट र बिभिन्न प्रक्रिया बाट शरिरको पानी धेरै बाहिर निश्कन्छ । त्यसलाई पुर्ति गर्न पानी धेरै पिउनु पर्छ । अर्को कुरा बाहिर घाममा निश्कंदा शरीर ढाक्ने गरीको कपडा लगाउने, छिन छिनमा शितल छहारीमा बस्ने, बासि खानेकुराहरु नखाने, पानीलाई फिल्टर गरेर वा तताएर मात्रै पिउने गर्दा बच्न सकिन्छ ।
गर्मिको कारण झाडापखाला, वान्ता वा कुनै शारिरिक कमजोरी भयो भने घरमै कुनै प्राथमिक उपचार पनि गर्न सकिन्छ की ?
कुनै पनि बिमार भए पछि सबै भन्दा पहिला त स्वास्थ्यकर्मिकोमा लिएर जानु पर्छ । तर स्वास्थ्य संस्था पुग्न समय लाग्छ तत्काल अन्य बिकल्प पनि छैन भने चाहिँ घरमै नुन, चिनि, पानी मिसार खान सकिन्छ । कागति पानी खाने, चिसो ठाउँमा आराम गर्ने गर्दा केहि राहत हुन सक्छ त्यसपछि बिरामीलाई अस्पताल लैजानु पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...

झापाको कमल गाउँपालीकामा निशुल्क ड्राईभिङ तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्र को आयोजनामा र गाउँपालिको ...

आगलागीबाट दमकमा एक घरमा क्षति

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/आगोलागीबाट आज विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि ...