Home / ट्रेन्डिङ्ग / दमक अस्पतालका मेसु हाजिर गरेर हिँडेपछि विरामीहरु मर्कामा,शब ल्याइएको सत्र घण्टापछि मात्र पोस्टमार्टम

दमक अस्पतालका मेसु हाजिर गरेर हिँडेपछि विरामीहरु मर्कामा,शब ल्याइएको सत्र घण्टापछि मात्र पोस्टमार्टम

सप्तरङ्गी एफ.एम./जेठ २५ /दमक
उपस्थिति पुस्तीकामा हाजिर गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन बिराटनगर तिर हिँडेपछि दमक स्थित सरकारी अस्पतालमा सेवाग्राहीहरु समस्यामा परेका छन् । आज शुक्रबार दमकम अस्पतालका मेडिक सुपरिटेन्डेन डाक्टर बिपिन पाण्डे बिहानै उपिस्थिती पुस्तिकामा हाजिर गरेर बिराटनगर हिँडेपछि अस्पतालमा आएका बिरामीहरु मर्कामा परेका हुन ।
डाक्टर पाण्डे नहुँदा दमक ७ का कर्ण सुन्दाशको शबलाई पोष्ट मार्टम गर्ननै समस्या भएको जनाईएको छ । हिँजो साँझ ल्याईएको सुन्दाशको शब आज बिहान सम्म पनि पोष्टमार्टम हुन नसकेपछि आफन्तले बिरोध गरेका थिए । बिहान ११ बजे पछि सम्म पनि पोष्टमार्टम नगरेको अस्पतालले ११ बजे पछि अन्तै लैजान आग्रह गरेको थियो । तर आफन्तको बिरोध पछि करिब १२ बजे तिर मात्रै शबको पोष्टमार्टम भएको जनाईएको छ ।
अस्पतालका अध्यक्ष जिवन शिवाकोटीले प्रसासनमा कुनै जानकारी नदिई र बिदा नलिई हिँडेकोले काममा समस्या आएको बताउनु भयो । आफुले फोन गरेर सोद्धा काम परेर बिराटनगर हिँडेको भन्ने जवाफ पाएकोले आएपछि स्पष्टिकरण सोध्ने अध्यक्ष शिवाकोटीले बताउनु भयो । उता अस्पतालका मेसु डाक्टर पाण्डेले भने आफु रातभर अस्पतालमै डिउटी गरेर बिराटनगर हिँडेको र अफिसकै कामले आएकोले हाजिर गरेर हिँडेको जवाफ दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...