Home / ट्रेन्डिङ्ग / किसानलाई पिरैपिर ,धानको भाऊ छैन , बिक्रि गर्न पनि गाह्रो

किसानलाई पिरैपिर ,धानको भाऊ छैन , बिक्रि गर्न पनि गाह्रो

सप्तरङ्गी एफ.एम./जेठ २६ ,गौरादह
किसानहरुले लगाउने गरेको चैते धानको मूल्य दिन प्रति दिन घट्दै जाँदा किसानहरु मारमा परेका छन् । किसानहरुले दोहोरो आम्दानी गर्नका लागी हिउँदे धान जतिकै लगाउने गरेको बर्खे धान सुरुवाती समयमा फाट्ट फुट्ट मात्रमा निस्कदा धानको मूल्य उच्च रहेपनि अधिकांश किसानहरुको धान पाकिसके पछि बिक्रि गर्ने समयमा एका एक मूल्य घटेपछि किसानहरु निरास भएका छन् ।

शुरुमा चैते धान निस्कदा ८४० रुपैयाँ प्रतिमनमा बिक्रि भएको धान अहिले ६८० रुपैयाँ प्रतिमनमा पनि लिन व्यापारीहरुले आनाकानी गरीरहेका छन् । धान बिक्रिका लागी व्यापारीहरु सँग बुझ्दा धानको मूल्य भन्दा पनि धान खरिद नगर्ने भन्न थालेका छन् ।

गौरादह उद्योग वाणीज्य संघ का प्रथम उपाध्यक्ष समेत रहेका गौरादह २ धोबनीया चोकमा लामो समयदेखी धानकाँटा राख्दै आएका व्यापारी अशोक चुँडाल ले शुरुमा ८४० रुपैयाँ प्रति मन ले खरिद गरेको धान अहिले मिलले लिन आनाकानी गरेका कारण आफु पनि धान खरिद नगर्ने मनसायमा पुगेको बताउनु भयो । लेवल फुल भइसकेको भन्दै मिलले धान लिन नमानेपछि आफु पछि हटेको उहाँले बताउनु भयो । विगत ४ दिनको धानको मूल्य लाई हेर्दा बुधबार ७७० रुपैयाँ प्रतिमन मा बिक्रि भएकोे धान बिहिबार घटेर ७४० रुपैयाँ प्रतिमन र शुक्रबार ६८० रुपैयाँ प्रतिमन हुदै आज शनिबार बाट बिक्रि नै बन्द भएको व्यापारी अशोक चुँडालले बताउनु भयो ।

मल, बिउ, पानी समेत खरिद गरेर प्रतिकुल मौसम का बावजुद दुःख गरेर उत्पादन गरेको धान ले मेहनत, परीश्रम र लगानी अनुसारको मुल्य नपाउँदा किसानहरुको हात जहिल्यै पनि तल परेको गौरादह २ दहलुका किसान लोक बहादुर खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*