Home / ताजा समाचार / दमकमा महिला संघको स्वास्थ्य शिबिर , ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिए ,९७ जनाको निशुल्क भिडियो एक्सरे

दमकमा महिला संघको स्वास्थ्य शिबिर , ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिए ,९७ जनाको निशुल्क भिडियो एक्सरे

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक
नेपाल महिला संघ झापा क्षेत्रीय समिति क्षेत्र नम्बर ५ को आयोजनामा आज निशुल्क स्वास्थ्य शिबिर दमकमा सम्पन्न भएको छ । बिर्तामोड स्थित बि एण्ड सि अस्पताल, एड्भान्स अस्पताल दमक र निम्स नेश्नल अस्पताल दमकको प्राबिधिक सहयोगमा स्वाथ्य शिबिर सम्पन्न भएको हो ।
शिविरमा ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिएका र  म्याक्स मेडिकेयर दमकको सहयोगमा ९७ जनाको निशुल्क भिडियो एक्सरे गरिएको महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

स्वास्थ्य शिबिरमा महिला सम्बन्धि रोगहरु, हाड जोर्नि तथा नशारोग, बाल रोग, दन्त रोग बिषेशज्ञ साथै फिजिसियन र भिडियो एक्स रेको निशुल्क सुबिधा रहेको , साथै शिविरमा सहभागी दुई सय पचास जनालाई आम्दा अस्पतालले निशुल्क प्रसुति परामर्श दिएको प्रसाईले जानकारी दिनुभयो ।

संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बुको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिबिरको उद्घाटन कार्यक्रमका वक्ताहरुले निर्वाचनमा प्राबिधि रुपमा पराजित भएपनि कांग्रेसले जनताको सेवामै मात्रै काम गर्ने बताएको थिए ।

नागरिकको स्वाथ्य र शिक्षामा राज्यले जिम्मेवारी लिनु पर्नेमा त्यो दायित्व राज्यले पुरा गर्न नसकेको अवस्थामा कांग्रेसले नागरिकको जिम्मेवारी लिने कांग्रेस नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...