Home / ताजा समाचार / माटो र मानव स्वास्थ्य जोगाउँन झापामा अर्गानिक मल उत्पादन गरिदैं

माटो र मानव स्वास्थ्य जोगाउँन झापामा अर्गानिक मल उत्पादन गरिदैं

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक

रासायकिन मल र विषादीको कारणले माटो तथा मानव स्वास्थमा परेको असर कम गर्न झापामा किसानहरुले अर्गानिक मल उत्पादनलाई जोड दिन थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना क्षेत्रमा संचालित कृषि सहकारी संस्थाहरुले प्राङगरिक मलको उत्पादनलाई प्राथमिकता दिएको वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले बताउनु भयो ।

प्राङगरिक मल उत्पादनका लागि आवश्यक सेट बनाउन लाग्ने २ लाख रकम मध्ये ८५ प्रतिशतसम्म अनुदान समेत प्रदान गर्दै आएको परियोजनाका प्रमुख कृषि अधिकृत तिम्सिनाले बताउनु भयो । धान सुपरजोन क्षेत्रमा २ वटा गोवर मल उत्पादन सेट र २० लाख रुपयाँ बजेटको लगानीमा भकारो सुधार कार्यक्रम संचालनमा रहेको बताइएको छ । यता परियोजना पकेट क्षेत्र कमल गाऊँपालिका वडा नं. २ मा आइपीएम कृषि सहकारी संस्थाले समेत स्थानीय स्रोत साधानको प्रयोग गर्दै ठूलो परिणाममा प्राङ्गरिक मल उत्पादन शुरु गरेको छ । संस्थाले ७० वटा कृषक समूहमा मल वितरण गर्ने उदेश्यका साथ कमल गाऊँपालिकाबाट ५ लाख रुपयाँ अनुदानमा काम अगाडि बढाएको संस्थाका कोषाध्यक्ष टंक प्रसाद कटेलले बताउनु भयो ।

संस्थाले २५ वटा गड्यौला पीठ संचालनका लागि योजना अगाडि बढाइ सकेको संथ्थाले जानकारी दिएको छ । खासगरी माटो र मानव स्वास्थ्यमा रासायनिक मल र विषादीको प्रयोगले बढ्दै गएको असरलाई न्यूनिकरण गर्न कृषकहरु यस तर्फ आकार्षित बन्दै गएको आइपीएम कृषि सहकारी संस्थाका व्यवस्थापक राम मुर्मुले बताउनु भयो ।

पछिल्लो समय झापामा कृषिभूमी व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि क्षेत्रको विकासमा विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...