Home / ताजा समाचार / गर्मीमा पढ्न वीरता जेसीजले दियो विद्यार्थीलाई पंखा लगायतका सामग्री।

गर्मीमा पढ्न वीरता जेसीजले दियो विद्यार्थीलाई पंखा लगायतका सामग्री।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७
झापाको बिर्तामोडस्थित वीरता जेसीजको आयोजनामा आज अर्जुनधारा–५ बैसाबाडीस्थित नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।
चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि विद्यालयको आग्रहमा पंखा (सिलिङ फेन) लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा विद्यार्थीका लागि कापी, फुटबल, भविबल, प्लाष्टिक कुर्सी तथा प्रधानाध्यापक बस्ने कुर्सी प्रदान गरिएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष एवम् समाजसेवी राजेन्द्रकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष जीवनकुमार खतिवडा र प्रधानाध्यापक कमलप्रसाद भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
वीरता जेसीजको तर्फबाट प्रमुख अतिथि थापा, अध्यक्ष गिरी, कार्यक्रम संयोजक ओमप्रकाश लुइँटेल, सहयोगदाताहरुले सामग्री हस्तान्तरण गर्नु भाएको थियो । युवा समाजसेवी घनेन्द्रराज खनाल, श्रेया डान्स सेन्टरकी गीता ढुंगेल, पपुलर बुक्सका चेतन ढुंगाना, खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक खगेन्द्रप्रसाद खरेल लगायतले उक्त सामग्री सहयोग प्रदान गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका लागि जग्गादाता परिवारका सदस्य समेत रहेका थापा, सहयोगदाता घनेन्द्रराज खनाल, अध्यक्ष खतिवडा लगायतले मन्तव्य राख्नु भएको थियो । प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन र तालिम संयोजक विकास बस्नेतले जेसीआई मिसन भिजन वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...