Home / खेलकुद़़ / महिना दिन अघि सम्पन्न दमक गोल्डकप फुटबलको हिसाब अझै सार्वजनिक नहुँदा चौतर्फी आलोचना ।

महिना दिन अघि सम्पन्न दमक गोल्डकप फुटबलको हिसाब अझै सार्वजनिक नहुँदा चौतर्फी आलोचना ।

सप्तरङ्गी एफ.एम. दमक/जेठ २७
दमकमा महिना दिन अघि सम्पन्न भएको दमक गोल्डकप फूटबल प्रतियोगिताको आयव्यय अझै सार्वजनिक भएको छैन । प्रतियोगिता नाफामा गएको भनिएपनि यथार्थ आयव्यय सार्वजनिक नगरिदाँ आयोजकमाथि यतिखेर चौतर्फी लाञ्छना लाग्न थालेको छ ।
प्रतियोगिता सम्पन्न भएको सातादसदिनमा नै यथार्थ हिसाव किताव सार्वजनिक गरिने अभ्यास हुने गरेको भएपनि आयोजकले यतिका दिन वित्दा पनि त्यसतर्फ चासो देखाएको छैन् ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले गत बैशाख १९ देखि २८ गतेसम्म दमक गोल्डकपको आयोजना गरेको थियो । विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार पाएका थिए ।
आयोजक दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले प्रतियोगिता सवैको सहयोगबाट भव्य रुपमा सम्पन्न भएपनि आर्थिक पक्ष हालसम्म फरफराक नहुदाँ हिसाव सार्वजनिक हुन केहि ढिलाई हुन पुगेको बताउनु भयो । गोल्डकपको यथार्थ हिसाव केहिदिन भित्रमै सार्वजनिक गरिने भन्दै अध्यक्ष प्रसाईले प्रतियोगिताका सवै हिसाव आउनेक्रममा रहेकेले अव चाडै आम्दानी, खर्च नियमानुसार सार्वजनिक गर्ने बताउनु भयो । उनले लक्ष्य अनुसार प्रतियोगिता सफल भएको समेत बताएका छन् ।
दमक –९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सो गोल्डकपमा एक करोड ३६ लाख रुपैयाँ संकलन गरिने त्यसमध्ये ९३ लाख खर्च हुने अनुमान गरिएको थियो ।
त्यस्तै उक्त रकममध्ये ४२ लाख ५० हजार रुपैयाँ बचत गर्ने नगर खेलकुद विकास समितिको बैंक खातामा राख्ने लक्ष्य राखिएको थियो । गोल्डकप सम्पन्न गर्न नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने भनिएको थियो ।
दमक गोल्डकपमा प्रवेश शुल्क मार्फत मात्र यसपटक ३० लाख बढी रकम जुटेको अनुमान छ ।
दमकसहित गत कातिकमा झिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपले समेत हालसम्म हिसाव सार्वजनिक गरेको छैन ।
गत बर्षको कात्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप सम्पन्न भएको भए पनि त्यसको पनि अहिले सम्म हिसाब सार्बजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*