Home / प्रदेश समाचार / सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सञ्चालन ।

सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सञ्चालन ।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ ।
सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ । सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिर िञ्जवि बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल तयार गरेको हो । ईटहरी उप महानगरपालीका वडा नम्बर ४ को आईतबारेमा ३ कठ्ठा जमिनमा निर्माण भएको एलाईट सिनेमा हलमा प¥र्याप्त पार्किङ सहित हल भित्र अध्याधुनिक सुबिधा रहेको सञ्चालक छविराज ओझाले जानकारी दिनुभयो । पुर्ण एचडि क्वालीटिमा चलचित्र हेर्न सकिने दुईवटा हल मध्ये एउटामा २०८ सिट क्षमता रहेको छ भने अर्कोमा १४४ सिट क्षमता रहेको छ ।
निर्माण सुरु गरिएको २ बर्ष भित्रमा निर्माण सम्पन्न गरिएको चलचित्र हललाई दर्शकको रोजाईको बनाउन ५ करोडको लागतमा बिभिन्न अत्याधुनीक सुबिधाहरु राखिएको अर्का सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने यी हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएका छन् । यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको चलचित्र बितरक तथा हल संचालक बरालले बताउनु भयो । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको छ ।
आगामी असार १ गते देखी व्यवसायीक रुपमा सञ्चालन सुरु गरिने सिनेमा हलमा अहिले दैनिक रुपमा बिभिन्न क्षेत्रका सामाजिक र व्यवासायीक अगुवाहरुलाई चलचित्र देखाईंदै गरेको सञ्चालक ओझाले बताउनु भयो । अहिले सम्म चलचित्र हेरेका दर्शकहरुले पुर्व क्षेत्रमै उच्च स्तरको हल भएको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...