Home / ताजा समाचार / एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले हर्जना छुट दिने ।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले हर्जना छुट दिने ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक
एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले बिमा रकम भुक्तानि गर्न बाँकीरहेका आफ्ना ग्राहकहरुले रकम जम्मा गर्न चाहेमा हर्जना छुट सुबिधा उपलब्ध गराएको छ । एशियन लाईफ ईन्स्योरेन्समा ईन्स्योरेन्स गरेर समयमा भुक्तान नगरेका बिमितहरुलाई हर्जनामा छुट सुबिधा उपलब्ध गराएको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका दमक शाखा प्रबन्धक शान्तिराम निरौलाले जानकारी दिनुभयो ।
कम्पनीमा जारी गरिएका बीमालेख अन्तर्गत २०७५ साल बैशाख मसान्तसम्ममा बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले ६ महिना नाघेका बिमितलाई लाग्ने हर्जना छुट सुबिधा उपलब्ध गराएको उहाँले बताउनु भयो । समय नाघेका बिमितहरुले आगामी असार १५ गते भित्रमा रकम जम्मा गर्न आएमा अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ३ बर्षभित्र व्यतित भएको बीमालेखको शत्प्रतिशत व्याज छुट र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ३ बर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत सम्म ब्याज छुट प्रदान गरिने कम्पनीका दमक शाखा प्रशासन प्रमुख सरोज भण्डारीले जानकारी दिनुभयो । कम्पनीले दिएको सुबिधालाई उपभोग गरेर लाभ लिन पनि उहाँले सबै बिमीतहरुलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*