Home / ताजा समाचार / गौरादह बजार व्यवस्थित र आकर्षक बनाउन शुरु ।

गौरादह बजार व्यवस्थित र आकर्षक बनाउन शुरु ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक
हप्तामा दुई दिन बजार लाग्ने झापाको पुरानो बजार गौरादहलाई व्यवस्थित र आकर्षक बनाउन शुरु गरिएको छ । यसका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाएर बजार निर्माणको काम थालेको हो ।
गौरादह नगरपालिका वडा नं. १ मा पर्ने मुख्य बजार बढ्दो जनघनत्वसंगै अव्यवस्थित र साँघुरो हुन थाले पछि व्यवस्थित बनाउने कार्य थालिएको नगर प्रमुख रोहितकुमार शाहले बताउनु भयो । बजार साप्ताहिक रुपमा आइतबार र बिहीबार लाग्ने गरेको छ । बजारमा व्यवस्थित टहराका ब्लक, ड्रेन, पार्क, आकर्षक पानीका फोहोरा, गार्डेन, पार्किङ, पुस्तकालय लगायतका भौतिक संरचना निर्माण गर्ने गरी डीपीआर तयार पारेको नगरपालिकाका सब इन्जिनियर प्रेम बास्तोलाले जानकारी दिनुभयो ।
बजार निर्माणमा कुल दुई करोड २० लाख हाराहारीमा खर्च लाग्ने गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाले बताउनु भयो । बजारमा व्यापारीका लागि पसल राख्न व्यवस्थित १३ वटा टहराका ब्लक निर्माण गरिने छ । टहरा निर्माणमा एक करोड ४४ लाख १७ हजार २ सय ७१ रुपैयाँ लाग्ने बताइएको छ । बजार क्षेत्रको चारैतिर ढल व्यवस्थापन हुने गरी ड्रेन निर्माण गरिने छ । डे«नका लागि ३२ लाख ३९ हजार ५ सय २० रुपैयाँ को स्टिमेट गरिएको छ ।
डीपीआरअनुसार थोक बजार, खुद्रा बजार, मासु, माछा, फेन्सी बजारलाई व्यवस्थित गरिने छ । बजार निर्माणका लागि गौरादह बजार व्यवस्थापन समितिले केही समयअघि बजार क्षेत्रमा रहेका रुखहरु काटेको छ । बजार निर्माणको काम सुरु गरेको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताउनु भयो ।
गौरादह जिल्लाको दक्षिण पश्चिम क्षेत्रहरु गौरादह, बैगुन्धुरा, महारानीझोडा, कोहबरा, जुरोपानी, कोरोबारीको मुख्य बजार हो । गौरादह बजारमा २ हजार ४ सय दर्ता भएका व्यवसायीहरुले व्यवसाय गर्दै आएको उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...