Home / ताजा समाचार / युवाहरुलाई स्वरोजगार बनाउँन राष्ट्रिय युवा परिषदले विशेष कार्यक्रम शुरु गर्ने ।

युवाहरुलाई स्वरोजगार बनाउँन राष्ट्रिय युवा परिषदले विशेष कार्यक्रम शुरु गर्ने ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक
बर्षेनी लाखौंको संख्यामा युवाहरु विदेशी रहेको अवस्थामा आफ्नै देशमा स्वरोजगार बनाउँन राष्ट्रिय युवा परिषदले विशेष कार्यक्रम शुरु गरेको छ ।
आज दमकमा पत्रकार सम्मेलन गर्दै अवको केही बर्ष पछि देश विकासका लागि दक्ष युवा शक्ति निर्माण गर्न ७ वटा प्रदेशमा युवा क्लव गठन र पशिक्षणका कार्यक्रम शुरु गरिएको परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनु भयो । खासगरी १६ देखि २४ बर्ष सम्मका युवाहरुलाई लक्षित गरी देशभरका ६ हजार ७ सय ४३ वटा वडाहरुमा आगामी आर्थिक बर्ष भरी क्लव गठन, अभिमुखिकरण र अभ्यासका कार्यक्रमहरु संचालन गरिने ढुङगेलले बताउनु भयो । हाल यो कार्यक्रम ७ वटा प्रदेशको १४ वटा जिल्लामा शुरु भईसकेको उहाँले बताउनु भयो ।
वडा क्लव गठन गरे पछि क्लवका काम कार्वाही र योजनाहरुलाई केन्द्रमा पु¥याउँन माध्यमको भूमिकामा नमूना युवा संसद समेत गठन गरिने बताइएको छ । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपसचीव ध्रुवराज पौडेलले युवाहरुको आवश्यकता अनुसारका काम कार्वाहीका लागि स्थानीय तहमा समेत विशेष योजना बन्ने भएकाले विदेश पलायन भईरहेका युवाहरुको संख्या स्वदेश मै काम गर्न सक्ने वातारण सृजना हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...