Home / ताजा समाचार / ताप्लेजुङमा गाईलाई सुत्केरी भत्ता

ताप्लेजुङमा गाईलाई सुत्केरी भत्ता

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/
मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो ।
सात वटा वडा रहेको सिदिङ्वाले पाँच वटा वडामा गाईलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो ।
योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना साविकका सुरुमखिम, लिम्वूदिन, मेहेले, साब्लाखु र आङवोप गाविसमा मात्र लागू गरिएको छ ।
वडा नम्बर १ र २ को काली खोला र सादेवामा भने गोठ सुधार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताउनु भयो ।
किसानले यो सुविधा लिएपछि सात लिटर दूध भने पु¥याउनु पर्छ । सुत्केरीमा राम्रो स्याहार गरे सात लिटर दूध स्वभावैले पुग्ने भएकाले मापदण्ड निर्धारण गरिएको हो ।
दिएको अनुदान किसानले गाइमै खर्च गरुन भनेर दूधको मापदण्ड तोकिएको उपाध्यक्ष जीवन ताम्लिङले बताउनु भयो । उत्पादित दूध धेरै भए गाउँपालिकाले डेरी खोल्ने र बाहिर निर्यात गर्ने योजनासम्म बनाएको छ ।
यो कार्यक्रमबाट चालू आर्थिक वर्षमा एक सय परिवारलाई समेट्न सकिने गाउँपालिकाको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*