Home / ट्रेन्डिङ्ग / दमक चुलाचुली जोड्ने रतुवा खोलाको पुल समयमा नबन्दा, ज्यानको बाजि लगाएर खोला तर्नुपर्ने बाध्यता

दमक चुलाचुली जोड्ने रतुवा खोलाको पुल समयमा नबन्दा, ज्यानको बाजि लगाएर खोला तर्नुपर्ने बाध्यता

सप्तरङ्गी एफ.एम.जेठ २९ दमक
झापाको दमकबाट ईलामको चुलाचुली बिचमा रहेको रतुवा खोलाको पुल समयमा नबन्दा यस क्षेत्रका नागरिकहरु हैरानी व्यहोर्न बाध्य भएका छन् । पुल नहुँदा यस पालीको बर्खामा पनि ज्यान जोखिममा राखेर खोलाबाटै दमक आवतजावत गर्न चुलाचुली क्षेत्रका नागरिकहरु बाध्य बनेका हुन् । गएको २ बर्ष अघि देखि निर्माण शुरु गरिएको पुल यो बर्षातमा संचालन हुने ठूलो आशा राखेको गाऊँलेहरुले बताएका छन् ।

२०७२ सालको कार्तिक २९ गते ठेक्का सम्झौता भएको काम आगामी कार्तिक २८ गते संझौता अनुसारको म्याद समाप्त हुँदैछ । १५ करोड ६८ लाख २१ हजार २ सय ५० रुपयाँमा काठमाण्डौंको एलिट कन्ट्रक्सन कम्पनि प्रा.लि.ले निर्माणको जिम्मा लिएको हो । ४ वटा स्पानको २ सय मिटर लम्बाई रहेको पुलको चौडाइ ११ मिटरको हुने बताइएको छ । बीचमा सरकारी र निर्माण कम्पनिबीचमा भएको केही अमझदारीका कारण काम ढिलो भए पनि समय अवधिमा काम सक्ने प्रयास रहेको पुल निर्माणमा खटिनु भएका इन्जिनियर विवेक न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार ६२ प्रतिशत जति काम भईसकेको छ ।

पुल नहुँदा उपचार गर्न आउने बिरामी देखि कलेज अध्ययन गर्ने विधार्थीहरुले समेत ठूलो समस्या भोग्दै आएको ईलाम चुलाचुलीका बासिन्दाहरुको गुनासो रहेको छ । यही सालको बर्खामा तपाईहरु खोलाबाट हिड्नु पर्र्दैन भनेर प्रधानमन्त्री केपी ओलीले भन्नु भएको भए पनि सरोकारवालाहरुले समयमा काम नगर्दा समस्या भएको चुलाचुली निवासी बलबहादुर राईले बताउनु भयो । पुल आगामी ५ कार्तिक २८ गते सम्म बन्नु पर्ने भए पनि समयमा सक्न गाह्रो हुने स्थानीय बासिन्दाहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...