Home / ताजा समाचार / धनकुटा नगरपालीकाले कृषकलाई दियो मिनीटिलर ।

धनकुटा नगरपालीकाले कृषकलाई दियो मिनीटिलर ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/
धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । हिँजो सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ ।
धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका विभिन्न सातवटा कृषि समूहलाई प्रतिगोटा ७३ हजार रुपैयाँ मूल्य पर्ने पाँच लाख ११ हजार रुपैयाँ बराबरका सातवटा टिलर वितरण गरिएको छ ।
नगरपालीका भित्र व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी पाँच वर्षभित्रमा गोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।
धनकुटा नगरपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने योजना रहेको प्रमुख तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...