Home / ट्रेन्डिङ्ग / पिडित परिवार संग सहमती भएपछि मोरंगको पथरीशनिश्चरेमा रहेको पथरी अस्पतालको बिबाद समाधान

पिडित परिवार संग सहमती भएपछि मोरंगको पथरीशनिश्चरेमा रहेको पथरी अस्पतालको बिबाद समाधान

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/
पिडित परिवार संग सहमती भएपछि मोरंगको पथरीशनिश्चरेमा रहेको पथरी अस्पतालको बिबाद समाधान भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालीका–१ स्थीत पथरी हस्पिटलको लापारवाहीले १८ महिने बालकको ज्यान गएको भन्दै आन्दोलीत आफन्त संग आज दिउँसो सहमती भए संगै वच्चाको शब उठाएर दाहासंस्कार गरिएको छ ।
मृतक वच्चाका अभिभावकलाई अस्पतालले क्षतिपुर्ति दिने र वच्चाको उपचारमा संलग्न चिकित्सकको अन्यत्रै सरुवा गर्ने परिवार पक्ष संग सहमती भएको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।
हिँजो साँझ पथरीशनिश्चरे–३, सुन्दरी चौकका १८ महिने सोहान राई उपचारको क्रममा मृत्यु भएको थियो ।
घरमा सामान्य ज्वरो आएपछि वच्चालाई उपचारका लागि नगरमा रहेको पथरी हस्पिटलमा अस्ति आइतवार भर्ना गरिएको थियो ।
हस्पिटलमा भर्ना गरेपछि डाक्टरले सामान्य ज्वरो, एम्युनिया र रगतमा खरावी देखिएको भन्दै हस्पिटलमा नै उपचार सम्भव हुने बताउदै वच्चाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए ।
तर हिँजो दिउँसो बाट बच्चा झन सिकिस्त भएपछि थप उपचारका लागी विराटनगरको नोवेल मेडिकल कलेजमा रिफर गरेको र उपचारको क्रममा मृत्यु भएको बच्चाकी आमा स्वास्तिका राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...