Home / ट्रेन्डिङ्ग / बाढीपीडितको राहतमा कमिशन लिएको आरोप लगेका कचनकवल गाउँपालीकाका वडाध्यक्षद्वारा वडासदस्यसहित ११ जना विरुद्ध मानहानीको मुद्धा दायर

बाढीपीडितको राहतमा कमिशन लिएको आरोप लगेका कचनकवल गाउँपालीकाका वडाध्यक्षद्वारा वडासदस्यसहित ११ जना विरुद्ध मानहानीको मुद्धा दायर

सप्तरङ्गी एफ.एम.जेठ २९ दमक
भ्रष्टाचारको आरोप खेपिरहेका झापा कचनकवल गाउँपालिका–१ वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफूलाई आरोप लगाउने ११ जनाबिरुद्ध मुद्दा दायर गरेका छन् । बाढीपीडितका लागि आएको राहत रकममा भ्रष्टाचार गरेको आरोप लागेका यादवले आफ्नै वडाका दुई वडा सदस्यसहित ११ जनाबिरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
बाढीपीडित घरपरिवारका सदस्यबाट वडा अध्यक्ष यादव र घरधुरी संकलन गर्न करारमा नियुक्त भएका कर्मचारीद्वय पञ्चु राजवंशी तथा शर्मिला राजवंशीले वडाध्यक्षको निर्देशनमा १० हजार रुपैयाँको दरले कमिसन लिएको पीडित परिवारको आरोप छ ।
बाढी र डुबानबाट प्रभावित पूर्ण रूपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाका र घर मर्मतका सरकारले उपलब्ध गराएको रकमबाट कमिशन लिएको वडाध्यक्षलाई आरोप लग्दै आएको छ । कचनकवल गाउँपालिका–१ साविक घेराबारीका बाढीपीडितका लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष र करारका कर्मचारीले कमिशन लिएको बाढी पीडितले आरोप लगाएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले वडा अध्यक्ष र कर्मचारीले आफूहरुको नाममा आएको रकमबाट कमिसन लिएको भन्दै १३ जना बाढी पीडितले लिखित पत्र बुझाएकाले सोही पत्रको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीलाई पत्र पठाएको जानकारी दिनु भयो । प्रशासनमा उजुरी परेपछि करारका कर्मचारीद्वय पञ्चु र शर्मिलालाई बोलाएर दुई पटकसम्म बयान लिइएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...