Home / ट्रेन्डिङ्ग / मास हिस्टोरियले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द ।

मास हिस्टोरियले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/
मास हिस्टोरियले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द गरिएको छ ।
छात्राले काम्ने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि बराहपोखरी गाउँपालिका–२, सुन्तलेमा रहेको ज्यू मावि बन्द गरिएको हो ।
सुरुमा एक–दुई जनाबाट सुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ २०–२५ जना बिरामी पर्न थालेपछि हिँजो सोमबार देखि आगामी शुक्रबारसम्मका लागि विद्यालय बन्द भएको शिक्षा समन्वय इकाईको कार्यालयले जनाएको छ ।
अस्ति आईतबार एकैसाथ २७ छात्रामा मास हिस्टोरिय देखिएपछि अभिभावकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएर पठाइए पनि हिँजो पुन समस्या दोहोरिएको बिद्यालयका प्रधान अध्यापक तुलसीप्रसाद पोखरेलले बताउनुभयो । छात्राले अस्वभाविक क्रियाकलाप देखाउन थालेपछि आईतबार र सोमबार विद्यालयको पठन–पाठन ठप्प भएको थियो ।
हप्ता दिनअघि एक छात्रामा देखिएको समस्या क्रमशः अन्य छात्रामा सर्न थालेपछि विद्यालय बन्द भएको श्रोतव्यक्ति रामबिक्रम थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*