Home / ताजा समाचार / आसुसेन फिल्मसको आगामी चलचित्र ‘मेरी मामु’ मा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने ।

आसुसेन फिल्मसको आगामी चलचित्र ‘मेरी मामु’ मा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने ।

सप्तरङ्गी एफ.एम./दमक जेठ ३० दमक/
यस अघि ‘चंखे संखे पंखे’ र ‘प्रमे गित’ जस्ता चर्चित र सफल चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्मस प्रा.लि.ले चौथो चलचित्र ‘मेरी मामु’ निर्माण गर्दैछ । उक्त चलचित्रमा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । लण्डन निवासी गुरुङ सोहि चलचित्र बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकि हुन् ।


यस अघि थिएटरमा अभिनय गरिसकेकी गुरुङले राजधानी काठमाण्डौको ‘ज्ञ’ थिएटर बाट अभियनको प्रशिक्षण समेत लिएकी छन् । नायीका गुरुङले यस अघि नेपाली रंगमञ्चका हस्ति सुनिल पोखरेलले निर्देशन गरेको ‘हरियो ढुंगा’ नामक नाटकमा समेत अभिनय गरिसकेकी छिन् ।


अभिनयनै आफ्नो रोजायीको क्षेत्र रहेको बताउने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएको बताउछिन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।
बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ ।

चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको जनाएको छ । त्यसैको लागी अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...