Home / ताजा समाचार / दमकमा जैविक सेन्टर संचालन , तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव न्यूनिकरण गर्ने उद्देश्य

दमकमा जैविक सेन्टर संचालन , तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव न्यूनिकरण गर्ने उद्देश्य

जेठ ३० / दमक / सप्तरंगी एफएम / डिकेश लामा

पछिल्लो समय मानिसहरुले दैनिक उपभोग गर्ने तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादीबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव न्यूनिकरण गर्ने उद्देश्यले आज देखि दमकमा जैविक सेन्टर संचालनमा ल्याइएको छ । सेन्टरमा कृषकले प्रयोग गर्ने मल, विषादी, भिटामिन देखि दैनिक उपभोग गरिने तरकारी र फलफुल समेत विक्री वितरण गर्न शुरु गरिएको छ ।

प्रदेश नम्बर १ लाई लक्षित गरि उचित जैविक उद्योग प्रालि र अर्गानिक संसार नेपालको सहयोगमा सेन्टर संचालनमा ल्याइएको संसारका मेची महाकाली अभियानका संयोजक केबी लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार प्रदेश नम्बर १ को ९ वटा जिल्लामा कृषि समूह, सहकारी लगायतमा जैविक मल, विषादीको प्रयोग गर्दै रासायनिक बस्तुको प्रयोग हटाउने अभियानमा लागेको बताउनु भयो ।

दमकमा खोलिएको सेन्टरले हाल झापा, मोरङ्ग र इलामका कृषकहरुलाई सहजता ल्याउने बताइएको छ । सेन्टरबाट आवश्यक जैविक मल, विषादी, भिटामिन खरिद तथा कृषकले उत्पादन गरेका बस्तुहरु भण्डार र विक्री गर्ने सेन्टरले जानकारी दिएको छ ।

सेन्टर उद्घाटनमा सहभागी कृषकहरुले तरकारी तथा फलफुलको विषादीको अवस्थाबारे जानकारी लिन हरेक स्थानीय तहले नीति तथा कार्यक्रम तत्काल अगाडि बढाउनु पर्ने बताएका छन् । खास गरी भारतबाट भित्रने उपभोग्य बस्तुहरुमा रासायनिक मल र विषादी प्रयोग बढी हुनाले यसलाई रोक्न स्थानीय क्षेत्रमा उत्पादन बढाउनु पर्ने अभियानका सदस्यहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...