Home / ट्रेन्डिङ्ग / दमकमा निर्माण हुँदै आएको रिङ्ग रोडको केही भाग कालोपत्रे भएको एक बर्ष नपुग्दै भत्कन सुरु,५ करोड बजेटको काम फलदायी बन्न नसकेको उपभोक्ताको गुनासो

दमकमा निर्माण हुँदै आएको रिङ्ग रोडको केही भाग कालोपत्रे भएको एक बर्ष नपुग्दै भत्कन सुरु,५ करोड बजेटको काम फलदायी बन्न नसकेको उपभोक्ताको गुनासो

जेठ ३० / दमक / सप्तरंगी एफएम / डिकेश लामा :

झापाको दमकमा निर्माण हुँदै आएको रिङ्ग रोड अन्तर्गतका केही भाग कालोपत्रे सडक निर्माण भएको एक बर्ष नपुगी नै भत्कन थालेको छ । वर्तमान प्रधानमन्त्री केपी ओलीले निर्वाचन क्षेत्र सडक अन्तर्गत सांसद कोषबाट विनियोजित ५ करोड बजेटको काम फलदायी बन्न नसकेको स्थानीय सडक उपभोक्ताहरुले बताएका छन् ।

 

दमक क्षेत्र वरिपरी निर्माण गरिने ३६ किलो मिटर सडक मध्ये गत अशोजमा निर्माण सम्पन्न भएको साढे ४ किलो मिटर कालो पत्रे बाटो भत्कन थालेको हो । कालो पत्रे गरेको ६ महिना नवित्दै देखि भत्कन थालेको सडकको धेरै भाग भत्किसकेको स्थानीय किशोर कार्कीले बताउनु भयो । निर्माणमा लार्पाबाही र गुणस्तरीय ढंगले काम नगरेकोले सडकको अवस्था यस्तो भएको अर्का स्थानीय उपभोक्ता सूर्यकुमार सुब्बाले बताउनु भयो ।

 

 

याक्थुङ्ग निर्माण सेवाले ठेक्का लिएर निर्माण गरेको दमक वडा नं ७ देखि उत्तर बेलडाँगी सडकखण्डसम्मको कालो पत्रेको अवस्था विग्रिएकोले पुनर्मर्मतका लागि निर्माण सेवालाई पत्रचार गरिसकेको डिभिजन सडक कार्यालय दमकका इन्जिनियर माधव पौडेलले बताउनु भयो । भत्किन थालेको यो सडकको ठेक्का २ करोड ९६ लाख ६० हजार रुपयाँ मुल्य अभिवृद्धि कर बाहेक ठेक्कामा लागेको डिभिजन सडक कार्यालय दमकले जानकारी दिएको छ ।

 

 

पछिल्लो समय दमकमा बन्दै गरेको रिङ्गरोडमा ३ वटा कालोपत्रे योजना संचालनमा रहेका छन् । यस बाहेक मृत संजविनी निर्माण सेवा, बाम्ती भण्डार निर्माण सेवाले ६ हजार ७ सय मिटर कालो पत्रे र त्यस बाहेका सडकमा माटो पुराई तथा ग्राभेलको छुटाछुटै ठेक्का र सम्झौतामा काम गरिरहेका छन् । यी दुई निर्माण कम्पनिको यही जेष्ठ मसान्त र भदौ मसान्तसम्म ठेक्का सम्झौताको म्याद सकिदैछ । म्याद अवधिभर दुवै कम्पनिलाई काम सक्न निक्कै गाह्रो पर्ने स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

२० बर्ष अघि देखि शुरु गरिएको दमक रिङ्ग रोड जोडिन अझै करिव २ किलो मिटर बाटो कताबाट जोड्ने भन्ने निश्चित हुन नसकेको  रिङ्गरोड निर्माण समितिका अध्यक्ष बोधराज न्यौपानेले बताउनु भयो । रिङ्गरोड सम्मन्न गर्दा करिव १ अर्व भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...