Home / प्रदेश समाचार / वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

जेठ ३० / दमक / सप्तरंगी एफ.एम. :

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा आजबाट शुरु भएको छ ।

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले बुधबार संयुक्तरुपमा बिर्तामोडमा गरेको समारोहकाबीच प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले निःशुल्क कम्प्युटर शिक्षा कक्षाको उद्घाटन गरे ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा वक्ताले कम्प्युटर शिक्षाको महत्वमा जोड दिँदै दीगो विकासको लक्ष्य प्राप्तिमा वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको अभियानले टेवा पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका शिवाकोटीले जेसीज र बीईएफको अगुवाईमा उदाहरणीय काम भएको चर्चा गर्दै अवसरलाई सदुपयोग गर्न छनौट भएका विद्यार्थीलाई आग्रह गरे ।

 

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन बीच सहकार्यको सम्झौतापछि सार्वजनिक रुपमा सूचना आह्वान गरेर आवेदन गर्नेमध्येबाट २० जनालाई निःशल्क कम्प्युटर शिक्षाका लागि छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा झापा, इलाम र पाँचथरका विपन्न तथा सिमान्तकृत परिवारका रहेका छन् । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ कोर्ष मध्ये विद्यार्थीको रोजाईमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...

गाउँको विचमा खोल्नलागीएको सिमेन्ट फ्याक्ट्रिले प्रदुसण बढाउने भन्दै कमल १ तोपगाछीका स्थानियको बिरोध

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ झापाको कमल गाउँपालिका १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन ...

गौरादहमा सामुदायीक प्रहरी नगर समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ “हर प्रहर , गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने ...

पार्टिको वर्तमान नेतृत्वबाट कांग्रेस बलियो हुन सक्दैन : डा.मिनेन्द्र रिजाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी ...