Home / ट्रेन्डिङ्ग / झापा गौरिगञ्जको छोटी भन्सार कार्यालय सहयोगीको भरमा , कर्मचारी नहुँदा राजस्व गुम्दै

झापा गौरिगञ्जको छोटी भन्सार कार्यालय सहयोगीको भरमा , कर्मचारी नहुँदा राजस्व गुम्दै

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/
झापाको गौरीगंज गाउँपालीका मा रहेको आठमौजा छोटी भन्सार कार्यालय सहयोगी को भरमा चल्ने गरेको छ । भन्सारमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरे पनि पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन् ।
भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय सहयोगीहरु बस्दा राजस्व समेत घट्ने गरेको स्थानीयबासी हरु बताउँछन् ।
भारत सँगै सीमा जोडिएको गौरीगंज गाउँपालीका को साथै आसपासका क्षेत्रमा रहेका बजार क्षेत्रको व्यापार व्यवसायलाइ बढाउन छोटी भन्सार कार्यालयको स्तरोन्नती गर्नु पर्ने स्थानीयबासीहरुले माग गरीरहेका छन् । गौरीगंजको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि गौरीगंजको वैरीया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन । गौरीगंज उद्योग वाणीज्य संघको अगुवाइमा संघका अध्यक्ष मखना महतो गैदार को नेतृत्वमा मेची भन्सार कार्यालय काँकडभिट्टा पुगी छोटी भन्सार कार्यालयको अवस्थाको बारेमा जानकारी गराईएको छ ।
टोलीले गौरीगंज वैरीया क्षेत्रमा भन्सार घुम्ती टोली राखीनु पर्ने, ५० हजार रुपैयाँ सम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा पटके पुर्जी काट्न इजाजत दीनुपर्ने माग राखेका थिए ।
त्यसअवसरमा तत्कालीन मेची भन्सार कार्यालय काँकड्भिट्टाका प्रमुख भिम अधिकारीले त्यसका लागी भन्सार कार्यालय सकारात्मक रहेको जानकारी गराउनु भएको थियो । तर हाल सम्म उक्त कुरा कार्यान्वयन हुन सकेको छैन । छोटी भन्सार कार्यालयको पुरानो भवन जीर्ण बनेपछि सोही स्थानमा नयाँ भवन समेत बनेको छ ।
गौरीगंजमा छोटी भन्सार कार्यालय रहेपनि भारत तर्फ भन्सार कार्यालय नरहेकाले कार्यालय सहयोगी मात्र पठाएको र आवश्यक परेमा माथिल्लो तहको कर्र्मचारी तुरुन्त पठाइने मेची भन्सार कार्यालय काँकड्भिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...