Home / विजनेश / नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/
नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो ।
दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण सेवामा लामो समय काम गर्दै आउनु भएका फिल्ड सुपर भाइजर राजन लामाले बताउनु भयो ।

नेपालमा बसेर पैसा कमाउँन सकिएन भनेर खाडी मुलुकमा जाने एक जना नेपालीले कति कमाउँछ भन्ने कुरा निश्चित छैन । तर निर्माण क्षेत्रमा काम गरिरहेका भारतीय नागरिकले एक जना बराबर मासिक ३० देखि ३५ हजारसम्म कमाई भईरहेको नेपालमा १२ बर्ष देखि लगातार काम गर्दै आएका भारतीय नागरिक मोहमद मुस्ताकले बताउनु भयो । मुस्ताकका अनुसार उहाँले मात्र हालसम्म करिव १ सय बढी पुलमा काम गरिसक्नु भएको छ । पुर्व रतुवा खोलाको पुल देखि पश्चिम टनकपुरको पुलसम्म काम गरेको अनुभव रहेको मुस्ताकले बताउनु भयो ।

यस्तै नेपालमा बनेका कंक्रिटका ठूल्ठुला भवन, निजी घर समेतमा भारतीय नागरिकले काम गर्ने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय दमकमा निर्माण भईरहेको ५ वटा पुल, सडक, सामुदायिक भवनमा अधिकांश धेरै भारतीय मजदुरनै रहेका छन् । हाल मावा र रतुवा निर्माण भईरहेको ५ वटा पुलको रेखदेख गर्दै आउनु भएका शर्मा लामा स्वछन्द जेभी काठमाण्डौंका फिल्ड सुपर भाइजर गुरुप्रसाद ढुङ्गानाले पेटी कन्ट्याक्ट बाहेक सवै तिर भारतीय नागरिकले नै काम गरिरहेको बताउनु भयो । भारतीय नागरिकले काम गरेसँगै उनीहरुले कमाएका अर्थ समेत भारत नै बाहिरिने निश्चित छ । यसरी हेर्दा बार्षिक रुपमा संचालन भएका करौडौं रुपैयाँका योजनाबाट नेपालको पैसा भारत गैरहेको प्रति सरकारले कति पनि चासो देखाएको छैन । भारतीय नागरिकले काम गर्न सक्ने निर्माण योजनामा नेपालीले काम गर्ने वातावरण सृजना गरे ठूलो परिमाणको रकम आफ्नै देशमा रहने सरोकारवाता बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १६/ माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा ...

झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १२/ झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास गरिएको छ । गौरीगञ्ज ...

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन भएको ...

गरिमा बिकाश बैंक दमक शाखाको उद्घाटन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/ गरिमा बिकाश बैंकका दमक शाखा कार्यालयको आज सुभारम्भ गरिएको छ । ...

झापामा सौर्य उर्जाबाट व्यवसायीक विद्युत उत्पादन गरिने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ९/ झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गरिने भएको छ । ...