Home / खेलकुद़़ / नेपालको विश्वकप फूटबल छनोट यात्रा सन् १९८६ देखि २०१८ सम्म

नेपालको विश्वकप फूटबल छनोट यात्रा सन् १९८६ देखि २०१८ सम्म

सप्तरङ्गी एफ.एम. / दमक/ असार १

१.पहिलो पटक सन् १९८६ मा छनोटमा सहभागी भएको नेपालले मलेसिया र दक्षिण कोरियाको सामना गरेको थियो l मलेसियासंग बराबरी खेलेपनि दक्षिण कोरियासंग नेपाल हार्यो र पहिलो चरणबाटै बाहिरियो l
२.दोश्रो पटक नेपालले सन् १९९० को छनोट खेल्यो त्यो छनोटमा नेपाल फेरिपनि मलेसिया , दक्षिण कोरिया ,सिंगापुर र भारत रहेको समुहमा पर्यो l पछि भारतले आफ्नो नाम फिर्ता लियो l यो छनोटमा नेपालले कुनैपनि गोल गर्न सकेन र जम्मा २८ गोल खायो र सन् १९९४ को छनोट नै खेलेन l
३.तेश्रो पटक नेपालले सन् १९९८ मा विश्वकप छनोट खेल्यो यो पटक नेपालसंगै समुहमा जापान , ओमन र मकाउ थिए l मकाउ संग एउटा खेल बराबरी खेलेपनि अरु खेल नेपालले गुमायो l यो पटकको छनोटमा नेपालले जम्मा २ गोल गर्यो , मकाउ बिरुद्द नेपालका हरि खड्का र दिपक अमात्यले गोल गर्नुभएको थियो l यो पटक पनि नेपाल पहिलो चरणबाटै बाहिरियो l
४.चौथो पटक नेपालले सन् २००२ को छनोट खेल खेल्यो यो पटक भने नेपालले सुधारिएको प्रदर्शन गर्दै जित पनि हासिल गर्यो , इराक , काजकिस्तान र मकाउ संगै रहेको नेपालले मकाउलाई दुवै खेलमा हरायो l इराक बिरुद्द पनि नेपाले एक गोल गर्यो , खेल भरि नेपालले जम्मा १३ गोल गर्यो l
५.पाचौ पटक नेपालले सन् २०१० को छनोट खेल खेल्यो यो पटक नेपालको प्रतिद्वन्दी ओमान मात्रै थियो l दुवै खेल ओमानलाई सुम्पदै नेपाल पहिलो चरणबाटै बाहिरियो l
६. छैठौ पटक नेपालले सन् २०१४ को छनोट खेल्यो l यो पटक नेपालले सबैभन्दा राम्रो प्रदर्शन गरेको थियो l पहिलो चरणमा पुर्बी टिमोरलाई पहिलो खेलमा २-१ र दोश्रो खेलमा ५-० गोल गर्दै नेपालले राम्रो खेल देखायो तर अर्को खेलमा भने ओमान संग १-१ को बराबरी र ९-० को पराजय बेहोर्दै नेपाल छनोट दौडबाट बाहिरियो l
७.सातौ पटक नेपालले सन् अहिले भैरहेको २०१८ को छनोट पनि खेल्यो l यो पटक नेपाल छिमेकी देश भारतसंग भिडेको थियो यो पटक पनि नेपाल एक खेल बराबरी खेलेर एक खेलमा २-० ले पराजित हुदै समूह चरण बाटनै बाहिरियो l
– सन्दर्भ सामग्री साप्ताहिक र फिफा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...

मोरङको सुनवर्षी नगरपालिमा स्वास्थ्य चौकीमा स्वाथ्यकर्मि नहुँदा प्रसुती गर्न ल्याएकी एक महिलाले स्वाथ्यचौकीको शौचालयमै छोरी जन्माईन

सप्तरङ्गी एफ.एम./असार ३१/दमक/ मोरङको सुनवर्षी नगरपालिका ९ स्थित स्वास्थ्य चौकीमा प्रसुती गर्न ल्याएकी एक महिलाले ...

दमक नगरपालिकाको न्यायिक समितिको भूमिका प्रभावकारी बन्दै , एक बर्षमा ८० वटा मुद्धा फछ्र्यौट

सप्तरङ्गी एफ.एम. असार ३१/दमक/ दमक नगरपालिकाको न्यायिक समितिको भूमिका प्रभावकारीता बन्दै गएको छ । समाजमा ...