Home / ताजा समाचार / भुटानी शरणार्थीद्वारा डाक्टर भम्पा राईलाई झन्डै डेढ लाख रकम सहयोग ,डाक्टर राईको स्वास्थ्यमा सुधार

भुटानी शरणार्थीद्वारा डाक्टर भम्पा राईलाई झन्डै डेढ लाख रकम सहयोग ,डाक्टर राईको स्वास्थ्यमा सुधार

सप्तरङ्गी एफ.एम./दमक / असार २

२ साता अघि देखि विरामी परेका डा भम्पा राईलाई आज भूटानी शरणार्थीहरुले संकलन गरेको १ लाख ४४ हजार ६ सय १२ रुपयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ ।
भारतको सिलगुडी स्थित आनन्दलोक अस्पतालबाट आन्द्राको सल्याक्रिया गरेर ३ दिन अघि दमक आउनु भएका डाक्टर राईलाई शिविर व्यवस्थापन समिति पथरी शनिश्चरे र बेलडाँगीले सँयुक्तरुपमा सहयोग प्रदान गरेका छन् । शरणार्थी शिविर वेलडाँगी र पथरीका भूटानी शरणार्थीहरुलाई डाक्टर राईको स्वास्थ्य विग्रिएको जानकारी गरी सहयोग संकलन गरी सो रकम बुझाइएको वेलडाँगीका शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । सहयोग पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राई, पूर्व टिमाई सचीव राजमान गुरुङ्ग, सहायक सचीव चन्द्रकला राई, शरणार्थी अगुवा कविराज मगर, सन्तविर राई, संचारकर्मी डिकेश लामा, अर्जुन राजबंशीको उपस्थितिमा प्रदान गरिएको हो ।
सहयोग लिँदै डाक्टर राईले आफूलाई समस्या भएको अवस्थामा गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...