Home / ताजा समाचार / झापाको मेचिनगर काकरभिट्टाबाट नयाँ एफएम रेडियो सञ्चालन हुने

झापाको मेचिनगर काकरभिट्टाबाट नयाँ एफएम रेडियो सञ्चालन हुने

असार ३ ।।
झापाको मेचिनगर नगरपालीका स्थित काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आज आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो ।
सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको प्रसारण क्षमता ५०० वाट रहेको र रेडियो ९८.६ मेगाहर्जमा सुन्न सकिने निर्देशक निरौलाले बताउनु भयो ।
मेचीनगर–६ काकरभिट्टा स्थीत नवआदर्श टोलमा प्रसारण केन्द्र रहने रेडियो साथी सञ्चालनका लागि करीब ३० लाख खर्च हुने रेडियो सञ्चालन गर्ने संस्था सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपालका कोषाध्यक्ष तथा रेडियो साथीका सदस्य नवराज प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...