Home / ताजा समाचार / अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार , ३९ घण्टापछि उद्धार गरिएकाको अवस्था सामान्य ।

अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार , ३९ घण्टापछि उद्धार गरिएकाको अवस्था सामान्य ।

संखुवासभा / असार ३
संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आज जीवितै उद्धार गरिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो ।
सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु गत शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ नेपाली र २ भारतीय कामदार पुरिएका थिए ।
कालिकोट सिउना गाउँपालिका ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको आज बिहान ११ बजे सकुशल उद्धार गरिएको हो । पहिरो पन्छाउने क्रममा सुरुङको मुखमा भएको ठूलो ढुंगा विस्फोट गराएपछि पुरिएकाहरुको आवाज बाहिर सुनिएको थियो । त्यसपछि डोरीको सहायताले उनीहरुलाई बाहिर निकालिएको थियो ।
उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनु भयो । पुरिएकाहरु जीवितै हुने आशंका पछि घटनास्थलमा चिकित्सक समेतको टोली तयारी अवस्थामा राखिएको थियो । हिँजो बिहानबाट उनीहरुको उद्धार भए पनि भीरबाट धेरै माटो र ढुंगासहितको पहिरो झरेकाले कठिनाई भएको थियो । घटनास्थलमा रौताहा कम्पनी समेतका ६ वटा स्काईभेटर र डोजर प्रयोग गरिएको थियो । उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएको डीएसपी श्यामकुमार सारुमगरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...