Home / ट्रेन्डिङ्ग / धनकुटामा राखिएको बम नेपाली शेना द्वारा निष्कृय

धनकुटामा राखिएको बम नेपाली शेना द्वारा निष्कृय

सप्तरङ्गी एफ.एम./असार ६/दमक/
धनकुटाको पाख्रीवासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम आज नेपाली सेनाले निष्कृय पारेको छ । पाख्रीवास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको हुनसक्ने प्रहरीको आशंका छ । पाख्रीवास–लेगुवा सडक निर्माणका क्रममा कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले लापरबाही गरेको भन्दै नेकपाले कारवाहीको चेतावनी दिएको थियो । लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीका लागि नेकपाले प्रशासनलाई विज्ञप्तीमार्फत अल्टिमेटम दिँदै कारवाही नगरे आफैँ कारवाही गर्ने जनाएको थियो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...