Home / ट्रेन्डिङ्ग / विपक्षी दलका सांसदद्वारा प्रदेश नम्बर १ सरकारले ल्याएको बजेटको विरोध

विपक्षी दलका सांसदद्वारा प्रदेश नम्बर १ सरकारले ल्याएको बजेटको विरोध

सप्तरङ्गी एफ.एम./असार ६/दमक/
प्रदेश नम्बर १ का विपक्षी दलका सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गरेका छन् ।
विनियोजना विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षका सांसदहरुले परम्पारगत बजेट आएको बताए । सांसद हिमाल कार्कीले आवश्यकता र औचित्यको आधारमा भन्दा पहुँच र प्रभावको आधारमा बजेट विनियोजन भएको बताउनु भयो ।
जिल्लामुखी र क्षेत्रमुखी बजेट आएको र स–साना योजनाको नाममा कनिका छर्ने काम भएको उहाँले बताउनु भयो ।
बजेट बनाउने क्रममा मन्त्रीहरु जिमदार बनेको र सांसदलाई रैतीको व्यवहार भएको उहाँको आरोप छ ।
कांग्रेसका अर्का सांसद सूर्यमान राईले सत्तारुढ संसदहरुलाई मात्र खुसी बनाउने बजेट आएको बताउनु भयो ।
प्रतिपक्षका सांसदले पेश गरेका कार्यक्रमलाई खासै महत्व नदिएको उहाँको गुनासो छ । राईले भन्नु भयो, ‘प्रतिपक्षका तर्फबाट पेश भएका कार्यक्रम काट्ने काम भएको छ, यस्तो विभेद गरिन्छ भने हामीले प्रदेशलाई समृद्ध बनाउने देखेको सपना फिक्का हुनेछ ।’
सांसद शिवनारायण गनगाईले बजेट विनियोजनमा दलीय आधारमा विभेद भएको बताउनु भयो । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका लागि ४० लाख बजेट विनियोजन गर्दा मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ दिइएको उहाँले सुनाउनु भयो ।
सत्तारुढ दलका सांसदहरुले भने बजेटको बचाउ गरेका छन् । प्रदेशभरका सबै क्षेत्र र तहमा बिकासका लागि बजेट निनियोजन गरिएको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका छन् ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...