Home / ट्रेन्डिङ्ग / मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु , सुनशरीमा मोटरसाईकलले ठक्कर दिँदा एक बालकको ज्यान गयो

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु , सुनशरीमा मोटरसाईकलले ठक्कर दिँदा एक बालकको ज्यान गयो

सप्तरङ्गी एफ.एम./असार ८/दमक/
मोरङको धनपालथान गाउँपालिकामा हिँजो चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनपालथान ७ कदमाहाका ४५ वर्षीय मोहमद रसुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करिब १० बजे खेत जोतेर घरतर्फ फर्कदै गर्दा पानीसंगै खसेको चट्याङका कारण मियाँको घटनास्थलमै मृत्यु भएको हो ।
उता सुनसरीको देवागञ्ज गाउँपालिकामा हिँजो मोटरसाइकलको ठक्करबाट ११ वर्षका एक बालकको ज्यान गएको छ । को ९ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा देवागञ्ज ३ बस्ने तेज नारायण मेहताको छोरा प्रशान्त कुमार मेहताको निधन भएको छ ।
बालक सवार साइकललाई देवानगन्ज गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए । घाइते बालकको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा विहान पौने ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक देवानगञ्ज ३ बस्ने प्रदिप मेहता, पछाडी सवार छोरा बर्ष ६ को आयुष र छोरी बर्ष ९ की नेहा मेहता सामान्य घाइते भएकाले तीनै जनालाई स्थानीय क्लिनिक र्पुयाई उपचार गराइएको छ ।

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...