Home / ट्रेन्डिङ्ग / दमक नगरपालिकाद्वारा १ अर्व २२ करोड ९७ लाख हाराहारीको बजेट तथा कार्यक्रम सार्वजनिक

दमक नगरपालिकाद्वारा १ अर्व २२ करोड ९७ लाख हाराहारीको बजेट तथा कार्यक्रम सार्वजनिक

सप्तरङ्गी एफ.एम./असार ९ / दमक
दमक नगर पालिकाले आर्थिक नीति तथा विधेयकको मस्यौदा पेश गर्दै १ अर्व २२ करोड ९६ लाख हाराहारीको बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
नगरको तेस्रो नगरसभामा दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि १ अर्व २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । सभामा नगरप्रमुख ओलीले कुल बजेटलाई ५० जनसंख्या, ३५ क्षेत्रफल र १५ प्रतिशत गरिवी न्यूनिकरणमा विनियोजन गरेको बताउनु भयो ।

नगर सभामा उप प्रमुख गीता अधिकारीले प्रस्तुत गर्नुभएको दमक नगरपालिकाको विनीयोजन ऐन २०७५ लाई हलबाट पारित गरिएको छ । ऐनले नगरको कुल बजेटलाई नगरको सञ्चित कोषबाट खर्च गर्न सकिने विधेयकको रुपमा मस्यौदा पेश गरेको छ ।
सभामा नगर उप प्रमुख अधिकारीले प्रस्तुत गरेको आर्थिक विधेयक २०७५ पारित गर्दै सम्पति कर लगायत, बहाल, व्यवसाय, सवारी, अखेटोपहरा, विज्ञापन, मनोरञ्जन, पशुहाट लगायतका १७ वटा शीर्षकका करलाई मस्यौदाको रुपमा पेश गरिएको छ । यस्तै सभामा असुली विधेयकलाई समेत मस्यौदाको रुपमा पेश गरिएको छ ।

सभामा नगरका विभिन्न वडाका वडा सदस्यहरु शुकदेव लुईंटेल, तिलकबहादुर थापा, सिताराम पोखरेल, लक्ष्मी दाहाल, कृतिका भट्टराई, मिना विश्वकर्मा लगायतले सभामा नउठेका र समेट्नु पर्ने नीति तथा कार्यक्रम सुझावका रुपमा पेश गर्नु भएको छ । नगरका प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले प्रदेश सरकारको बजेटको सुनिश्चिता नभएकोले अघिल्लो आर्थिक बर्ष भार व्यहोर्नु परेको कारण कतिपय योजनाहरुमा आर्थिक बजेट विनियोजन गर्न असमर्थ भएको बताउनु भयो । सभाले आज पेश गरेको विधेयक र बजेट तथा नीति कार्यक्रमलाई आगामी १२ गते संसोधन तथा पारित गर्ने सभामा नगर प्रमुख ओलीले जानकारी दिनु भएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...