Home / ताजा समाचार / भट्टराई बन्धुको वडा समिति गठन

भट्टराई बन्धुको वडा समिति गठन

सप्तरङ्गी एफ.एम./असार ९ दमक/
भट्टराई कुल वंश प्रतिष्ठानको दमक वडा नम्बर ४ वडा समिति गठन गरिएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिषरमा आज भएको भट्टराई बन्धुहरुको एक भेलाले प्रतिष्ठानको वडा समिति गठन गरेको हो । भेलाले विवेक भट्टराईको अध्यक्षतामा ९ सदस्सीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मेनुका पौडेल भट्टराई, सचिवमा भानुभक्त र सिता भट्टराईलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा कुलबहादुर, तेजमणी, जानुका, पदम र शारदा भट्टराई चयन हुनुभएको छ ।
प्रतिष्ठानका दमक नगर अध्यक्ष बुद्धिशेखर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि प्रतिष्ठानका केन्द्रिय महासचिव चन्द्र भट्टराई र अन्य अतिथिहरु प्रतिष्ठानका केन्द्रिय सचिव जिवराज भट्टराई, गंगाबहादुर भट्टराई र कोषाध्यक्ष मनोज भट्टराईले सुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिष्ठानका नगर उपाध्यक्ष चुणमणी भट्टराईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रतिष्ठान नगर सदस्य नगेन्द्र भट्टराईले धन्यबाद मन्तव्य राख्नु भएको प्रतिष्ठान नगर सदस्य यज्ञ भट्टराईले जानकारी दिनुभयो ।

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...