Home / ट्रेन्डिङ्ग / दमकका लक्ष्मिप्रसाद काफ्ले पतञ्जली योग समिति प्रदेश नम्बर १ को महामन्त्री चयन

दमकका लक्ष्मिप्रसाद काफ्ले पतञ्जली योग समिति प्रदेश नम्बर १ को महामन्त्री चयन

सप्तरङ्गी एफ.एम./असार १० दमक/
पतञ्जली योग समिति झापाका पुर्व अध्यक्ष तथा दमकका योग प्रशिक्षक लक्ष्मि प्रसाद काफ्ले पतञ्जली योग समिति प्रदेश नम्बर १ को महामन्त्री चयन हुनुभएको छ । पतञ्जलीको हिँजो भएको भेलाले प्रदेश समिति चयन गरेको हो । पतञ्जलीको मुख्यालय हरिद्वार बाट प्रदेश प्रमुखमा नियुक्त हुुनु भएका मिष्टर प्रसाद चौधरीको नेतृत्वमा प्रदेश समितिले पुर्णता पाएको हो । प्रदेशको उप प्रमुखमा शान्ता गौतम र गोविन्द खड्का चयन हुनुभएको छ ।
त्यसैगरी संगठन मन्त्रीमा विष्णु आचार्य, मन्त्रीमा हरिबावु दाहाल र कोषाध्यक्षमा पार्वती राउत चयन हुनुभएको महामन्त्री काफ्लेले जानकारी दिनुभयो । नव गठित समितिका सदस्यहरुमा शोभा कोईराला, बिदुर खड्का, मिना कोईराला, देवनारायण शाह, कल्पना निरौला आचार्य र तुलसिप्रसाद श्रेष्ठ रहनु भएको छ ।
नव गठित समितिले आगामी ३ महिना भित्रमा प्रदेशका १४ वटै जिल्लामा जिल्ला समिति गठन गरिसक्ने लक्ष राखेको महामन्त्री काफ्लेले जानकारी दिनुभयो ।

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...