Home / ट्रेन्डिङ्ग / मालपोत कार्यालय दमकका कर्मचारीको कमाउ धन्दा , राजस्व भन्दा धेरै रकम मागेपछि सेवाग्राहीको आक्रोस

मालपोत कार्यालय दमकका कर्मचारीको कमाउ धन्दा , राजस्व भन्दा धेरै रकम मागेपछि सेवाग्राहीको आक्रोस

सप्तरङ्गी एफ.एम./असार १० दमक/डिकेश लामा/
आफ्नो भोग क्षेत्रमा नहर बढी निस्केको जग्गा पास गर्न मालपोत कार्यालयका कर्मचारीले कर भन्दा धेरै रकम माग गर्ने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गरेका छन् । लामो समय देखि भोगचलन गर्दै आएको जग्गा सरपटको नापीबाट धेरै निस्कीएपछि पास गर्न खोज्दा राजश्व लाग्ने भन्दा धेरै रकम माग गरेको भन्दै सेवाग्राहीले आज मालपोत कार्यालय दमकका प्रमुख देवीबहादुर भण्डारीसमक्ष गुनासो पोखेका छन् ।
विक्रम सम्बत् २०५९ सालमा सरपट भएको गौरादह नगर पालिका वडा नं. ३ चामबाढीको जग्गामा नहर बढी देखिएको जग्गालाई रष्ट्रिेसन गर्न खोज्दा कर्मचारीले धेरै रकम मागेपछि त्यस्तै समस्या भोग्ने अन्य सेवाग्राहीहरुले कार्यालय प्रमुख समक्ष गुनासो पोखेका हुन् । मोरङ्गको वेलबारी नगरपालिका वडा नं. ३ भाउनेका स्थायी बासिन्दा बुद्धिमान तामाङले २ बर्ष अघि देखि सवै प्रकृया पुरा गर्दा समेत जग्गा पास गर्दा लाग्ने रकम भन्दा धेरै रकम माग गरिएकोले जग्गा पास गर्न नसकेको बताउनु भयो । मालपोतका एक कर्मचारीले ५ हजार कर लाग्ने ठाऊँमा १ लाख ४० हजार रकम माग गरेको तामाङले आरोप लगाउनु भएको छ ।
तामाङले २ दिन अघि अख्तियार दुरुपयोग आयोग इटहरीमा उजुरी गरे पछि आज त्यस्ता समस्यामा परेका सेवाग्राहीको एक समूहले कार्यालय प्रमुख समक्ष गुनासो राखेका हुन् । कार्यालयका प्रमुख भण्डारीले भने आफूलाई कुनै पनि जानकारी नभएको बताउनु भयो । कुनै कर्मचारीले त्यसरी रकम माग गर्दा जिम्मेवार पदाधिकारीलाई जानकारी गरे अनियमितता रोक्न सहज हुने प्रमुख भण्डारीले बताउनु भयो । भण्डभारीका अनुसार आवश्यक कागजात नपुगी तामाङले बढी रकम कर्मचारीले माग गरेको भन्ने विना प्रमाणको आरोप लगाएको बताउनु भयो । गुनासो राख्न तामाङ सहित टेकबहादुर बुढाथोकी, चिरञ्जीवि अधिकारी, धनबहादुर पौडेल लगायतका टोली मालपोत कार्यालय पुगेका थिए ।
नहरबढी जग्गाको पास गर्दा प्रचलित सरकारी दर भाऊ अनुसार गाऊँ पालिकामा २ र नगरपालिकामा ४ प्रतिशत कर लाग्ने मालपोत कार्यालयका शाखा अधिकृत डिल्लि कोइरालाले बताउनु भयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...