Home / ताजा समाचार / झापामा ५ स्थानीय तह बाढीको उच्च जोखिममा ,गएको २ बर्षमा २८ जनाको ज्यान गयो ५ जना बेपत्ता

झापामा ५ स्थानीय तह बाढीको उच्च जोखिममा ,गएको २ बर्षमा २८ जनाको ज्यान गयो ५ जना बेपत्ता

११ असार २०७५/सप्तरंगी एफएम/डिकेश लामा
बाढीको उच्च जोखिममा रहेका झापाका ५ वटा गाऊँ पालिकालाई विपद व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजन तथा स्थानीय गाऊँ पालिकाहरुको आयोजनामा भएका कार्यक्रममा विपदबाट बच्न के कस्ता उपाय र स्थानीय संयन्त्र निर्माण गर्ने भनी पूर्व तयारी प्रकृयाबारे सचेतना गोष्ठी संचालन गरिएको छ ।

आज झापाको कमल गाऊँ पालिकामा भएको सचेतना गोष्ठीमा सोसाइटीका सभापति लोकराज ढकालले झापामा लगातार २ बर्ष अति ठूलो विपद आएकोले यस बर्ष पूर्व सर्तकतबाारे अभियान संचालन गरेकोे बताउनु भयो । ढकालका अनुसार झापाको झापा, गौरीगञ्ज कचनकवल, वारादशी र कमल गाऊँपालिका क्रमश विपदको उच्च जोखिममा रहेको बताउनु भयो । विपद न्यूनिकरणका लागि केन्द्र, प्रदेश र जिल्ला भन्दा धेरै कार्य स्थानीय तहले गर्नु पर्ने भएकोले यसबारे कार्यनीति बनाएर अगाडि बढे केही हदसम्म धनजनको जोखिम कम हुने ढकालले बताउनु भयो ।

गत वर्ष भएको बाढीका कारण झापामा भएको ठूलो धनजनको क्षति जोगाउँन यस बर्ष बर्षात पूर्व नै गाऊँपालिकाहरुलाई विशेष व्यवस्था गर्न विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ अन्तर्गतको कार्य गर्न सोसाइटीले सहजीकरण गरेको हो ।

राज्यको पूनर्संरचना अनुसार केही अति आवश्यक कार्य बाहेक स्थानीय तहले नै काम गर्नु पर्ने भएकोले अति जोखिम क्षेत्रमा जनप्रतिनिधि, प्रहरी, कर्मचारी सहित सामाजिक अगुवाहरुलाई विपद न्यूनिकरण पुर्व र पश्चात गर्ने कार्य बारे सचेतना दिइएको छ । कमल गाऊँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा गाऊँपालिका जनप्रतिनिधि, प्रहरी, कर्मचारी, सामाजिक अगुवाहरुको उपस्थिति रहेको छ ।

झापामा गएको २ बर्षमा विपदमा परी २८ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता भएका छन् ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...