Home / ताजा समाचार / दमकमा अन्तराष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी ओसारपसार विरुद्ध अन्तरकृया सम्पन्न

दमकमा अन्तराष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी ओसारपसार विरुद्ध अन्तरकृया सम्पन्न

सप्तरङ्गी एफ.एम./असार १२ दमक/
अन्तराष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी ओसारपसार विरुद्ध दिवसका अवसर पारेर आज दमकमा अन्तरकृया सम्पन्न भएको छ । दमकको हेप्पी नेपालले एक कार्यक्रम गरि सरोकारवालाहरुको सहभागितामा अन्तरकृया सम्पन्न गरिएको संस्थाका कार्यकारी अध्यक्ष कुमार गुरुङले बताउनुभयो ।
अन्तरकृयामा हेप्पी नेपालका कार्यक्रम निर्देशक शुर्दशन थापाले २०५७ सालमा स्थापित हेप्पी नेपालले लागूऔषध र एचआइभी एड्स रोकथामका क्षेत्रमा गर्दे आएको कार्यक्रमहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले लागूऔषध र एचआइभी एड्स रोकथामको क्षेत्रमा संस्थाले विभिन्न जनचेतनामूलक सहित आवासीय उपचार कार्यक्रम सञ्चालन गर्नुका साथै प्रयोगकर्ताहरुको क्षति न्यूनीकरण गर्न सिरीन्ज साटासाट कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँले जोखिममा रहेका प्रयोगकर्ताहरुमा सिरिन्जका माध्यमबाट एचआइभीएड्स सर्न सक्ने बढी भएकाले सरकारी नीति र सरोकारवाला पक्षहरुको समज्वयमा क्षति न्यूनिकरण कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दमक नगरपालिकाका समाज कल्याण शाखाका प्रमुख डम्बर वरालल, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री दाहाल लगायतले कार्यक्रमका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...