Home / ट्रेन्डिङ्ग / दमक वडा नम्बर ६ को वडा कार्यालय उद्घाटन

दमक वडा नम्बर ६ को वडा कार्यालय उद्घाटन

सप्तरङ्गी एफ.एम. दमक/असार १३/
दमक नगर पालिकाको वडा नं. ६ को वडा कार्यालय आज उद्घाटन गरिएको छ । वडा नं. ६ नयाँ सव्जी बजार नजिक रहेको शेरबहादुर चौहानको घरलाई भाडामा लिएर सञ्चालन सुरु गरिएको वडा कार्यालयलाई आज विधिवतरुपमा दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख ओलीले दमकको विकासमा अव मानवीय स्वास्थ्य विकासमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । जसका लागि नगरपालीकाले खाद्य गुणस्तर परिक्षण मेशिन र प्रविधि स्थापनाका लागि आवश्यक काम शुरु गरिसकेको बताउनु भयो । यस्तै नगरका कतिपय खोला क्षेत्रका आवासहरुले खोला तथा ढलमा चर्पीको निकास गरिएकोले सोलाई तत्काल बन्द गरी ठूलो र एकै स्थानमा जम्मा हुने प्रविधिको अध्ययन अगाडि बढाइएका समेत उहाँले बताउनु भयो । कार्यक्रमका सभापति वडाध्यक्ष टेकबहादुर थापाले वडा कार्यालय विस्तारमा ढिलो भएको प्रति नागरिक समक्ष क्षमा याचना समेत गर्नु भयो । चुनावी मैदानमा जाँदा जनतासँग गरेको प्रतिबद्धता प्राविधिक कठिनाईका कारण ढिलो र कम्जोर भएको समेत थापाले बताउनु भयो ।
कार्यक्रममा इलाका प्रशासनका प्रमुख भोजकुमार श्रेष्ठ, दमक नगरपालीकाकी उप प्रमुख गीता अधिकारी, दमक नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिना, राजनैतिक तथा सामाजिक अगुवा देऊकुमार नेम्बाङ्ग लगायतले विस्तारित वडा कार्यालयले नागरिकको सेवा सुविधामा राम्रो काम गर्ने र गर्नु पर्नेमा जोड दिनु भयो ।
दमक नगर पालिका गएको चैत्र २ गते नेपाल नगरपालिका संघको २५ औं रजत महोत्सव समारोहबीच प्रदेश नम्बर १ को उत्कृष्ट नगरपालिकाकोरुपमा घोषित भएको छ । तथापि झापाका अधिकाशं स्थानीय निकायले वडा कार्यालय स्थानान्तरण गरिसक्दा समेत दमकले भने अझै ३ वटा वडाका कार्यालय स्थानान्तरण गर्न बाँकी रहेको छ ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...