Home / ट्रेन्डिङ्ग / लायन्स क्लब अफ दमक सेवीकाको निशुल्क आँखा शिबिर सम्पन्न ।

लायन्स क्लब अफ दमक सेवीकाको निशुल्क आँखा शिबिर सम्पन्न ।

सप्तरङ्गी एफ.एम.दमक/असार १३/
लायन्स क्लब अफ दमक सेवीकाले आज दमक ९ मा रहेको पाणीनी माविमा निशुल्क आँखा परिक्षण शिबिर सञ्चालन गरेको छ । लायन्स क्लबको साईड फर किड्स् कार्यक्रम अन्गर्तत आँखा परिक्षण शिबिर सञ्चालन गरिएको लायन्स सेवीकाकी अध्यक्ष रेगीना भट्टराई प्रसाईंले जानकारी दिनुभयो ।
बिद्यालयमा कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत ३ सय ५० जना बिद्यार्थिहरुको निशुल्क आँखा परिक्षण सहित समस्या देखीएका बिद्यार्थिहरुलाई निशुल्क चस्मा समेत बितरण गरिएको उहाँले बताउनु भयो । आँखा शिबिरमा पाथिभरा नेत्रालय दमकका चिकित्सकहरुले जाँच गरेका थिए । लायन्सका जोन चियर पर्सन प्रहर क्षेत्री नेतृत्वको प्राबिधिक टोलीले आँखा जाँच गरेको हो ।
शिबिरमा ५९ जनालाई निशुल्क चस्मा दिएको साथै जटिल खालको समस्या देखिएको ८ जनालाई उपचारको लागी पाथिभरा नेत्रालयमा बोलाईएको लायन्स सेवीकाकी सदस्य कुशुम तामाङले जानकारी दिनुभयो । ८ जना बिरामीलाई अप्रेसन सम्म गर्नु परे पनि लायन्सले निशुल्क रुपमा गरिदिने पनि उहाँले बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...