Home / ताजा समाचार / विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

सप्तरङ्गी एफ.एम. दमक/असार १३/
अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालिकोटको एक गाँउपालिकाको आर्थिक वर्ष २०७५∕२०७६ को प्रथम गाँँउसभा सञ्चालन गरेको छ ।
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको अध्यक्षता र जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको गाँँउसभाको सञ्चालन भैरहेको बेला नेकपाका नेता अनरुप बिकले गाँँउसभामा आफ्ना प्रस्ताव पेश गर्नु भएको छ ।
उहाँले आफुहरुको पार्टीको गतिबिधिबारेसमेत जानकारी गराउँदै भ्रष्टाचार मुक्त गाउँपालिका बनाउनुपर्ने, पार्टीको निर्णयानुसार आफुहरुले प्रस्ताव पेश गर्न लागेको बताउनु भयो ।
प्रस्तावहरु बाचन गर्दै नेकपाका नेता सरोज बिकले गाउँपालिकाको पहिलो वर्ष नाताबाद, कृपाबाद र पक्षपात भएको, विकासका काममा भ्रष्टाचार, ढिलासुस्ती भएको, अवैधानिक उपभोक्ता समिति गठन भएको, उपभोक्ताले सार्बजानिक सुनुवाई नगरेको, होडिङ बोर्डको व्यवस्था अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।
त्यसैगरी जलश्रोत, यातायात, पर्यटन, सिचाईँ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता योजनालाई प्राथमिकता दिनुपर्ने, राजनीतिक क्षेत्र भन्दा आवश्यकताका आधारमा बजेट बिनियोजन गर्नुपर्ने, कर्मचारीलाई हतियार बनाएर जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको भन्दै यसमा रोक लगाउनुपर्ने र वैज्ञानीक अर्थतन्त्रको नीति अवलम्वन गर्नुपर्ने पनि माग गरिएको छ ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...