Home / ताजा समाचार / पन्ध्रौ राष्ट्रिय धान दिवसको अवसरमा बिबिध कार्यक्रम , झापाको कमल गाउँपालीकाद्वारा कृषकलाई कृषि औजार बितरण

पन्ध्रौ राष्ट्रिय धान दिवसको अवसरमा बिबिध कार्यक्रम , झापाको कमल गाउँपालीकाद्वारा कृषकलाई कृषि औजार बितरण

सप्तरङ्गी एफ.एम. दमक/असार १५
१५ औं राष्ट्रिय धान दिवशको अवसर पारेर आज झापाको कमल गाऊँ पालिकाले ४० जना कृषकलाई सम्मान तथा कृषक औजार वितरण गरेको छ । ५ हजार नगद र बाली गोडमेल गर्ने वीडर मेशिन गाऊँपालिकाका उत्कृष्ट कृषकहरुलाई प्रदान गरिएको हो । कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले झापाको ९ वटा खोलाको बाँध निर्माण योजना परेको बताउनु भयो । प्रधानमन्त्री केपी ओलीको चिन भ्रमण पछि प्रधानमन्त्रीले सो योजना ल्याउनु भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा बाँस्कोटाले नेपाल सरकारले कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने महत्वपूर्ण योजना अगाडि सारेकोले अवको ५ बर्षमा दोव्बर आम्दानी बढ्ने बताउनु भयो । यसका लागि जागरण र अभियानको खाँचो रहेको बताउनु भयो । कार्यक्रम समापन गरेर कमल गाऊँ पालिका क्षेत्रमा रहेका विभिन्न कृषक समूहको उपस्थितिमा नौमति बाजा सहित सामुहिक वेठी रोपाईं गरिएको छ । रोपाईँमा गाऊँपालिकाकी अध्यक्ष मेनुका काफ्ले सहित राजनैतिक तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको छ । धान दिवश मनाउँन भेला भएका विभिन्न समूहले इन्दे्रणी बहुउद्देश्य कृषक समूहको १० कठ्ठा क्षेत्रफलको धान रोपाई समेत गरेको छ । कार्यक्रममा बाख्रा, बंगुर, माछा, तरकारी लगायतका विधामा सम्मान गरिएको कृषि प्राविधिक प्रेम पोख्रेलले बताउनु भयो ।

यसैगरी धान दिवसकै अवसरमा नेपाली कांग्रेसको भात्री संगठन नेपाल किसान संघ झापाले पनि कमल गाउँपालीका वडा नम्बर ७ स्थित ठुलो बाह्रघरेमा सामुहीक धान रोपाईं सम्पन्न गरेको छ । किसन संघका जिल्ला सभापती राजेन्द्र भट्टराईका अनुसार करिब १ बिगाहा जमिनमा समुहीक रुपमा धान रोपाईं गरेर धान दिवस मनाईएको हो ।

उता इलामको चुलाचुली वडा नं. २ मा समेत आज वेठीबाजा सहित सामुहिक धान खेती गरिएको छ । साना किसान सहकारी चुलाचुलीको आयोजना तथा चुलाचुली गाऊँपालिकाको सहयोगमा कार्यक्रम गरिएको सहकारीकी व्यवस्थापक कविता लिम्बुले बताउनु भयो ।

 

सहकारीको अध्यक्ष हिमकला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गाऊँपालिका अध्यक्ष प्रदिप चन्द्र राईले चुलाचुलीले कृषिलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताउनु भयो । कार्यक्रममा युवा जनशक्तिले अव विदेश नगई स्वदेश मै आधुनिक तवरले खेती गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

x

Check Also

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...

गाउँको विचमा खोल्नलागीएको सिमेन्ट फ्याक्ट्रिले प्रदुसण बढाउने भन्दै कमल १ तोपगाछीका स्थानियको बिरोध

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ झापाको कमल गाउँपालिका १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन ...

गौरादहमा सामुदायीक प्रहरी नगर समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ “हर प्रहर , गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने ...

पार्टिको वर्तमान नेतृत्वबाट कांग्रेस बलियो हुन सक्दैन : डा.मिनेन्द्र रिजाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी ...