Home / ताजा समाचार / गौरादह नगरपालीका दुइ नम्बर वार्ड कार्यालयद्वारा नौमती बाजा र सन्थाल बाजा वितरण

गौरादह नगरपालीका दुइ नम्बर वार्ड कार्यालयद्वारा नौमती बाजा र सन्थाल बाजा वितरण

गौरादह/२०७५ असार १५ /सप्तरंगी सम्बाददाता
झापाको गौरादह नगरपालीका वडा नं २ को वडा कार्यालयले नौमती बाजा र सन्थाल बाजा वितरण गरेको छ । शुभकार्यमा प्रयोग गरीने बाजा वडा नं २ को दलित समन्वय समिति र सन्थाल समन्वय समितिलाई एक कार्यक्रमका बीच कार्यवाहक अध्यक्ष विजय कन्दङ्वा ले वितरण गर्नु भएको हो । वडा नं २ को वडा कार्यालयमा दलित समन्वय समितिलाई जोडि नर्सीङ्हा, जोडि सहनाई, ढोलकी, टयाम्को, झ्याम्टा, दमाहा र बाउतल का साथै सन्थाल समन्वय समितिलाई हारमोनी, झ्याम्टा, ढोलक र घुघुरो वितरण गरिएको हो ।

बाजाहरु पाएपछि सोही स्थानमा बाजा बजाई र गीत गाउँदै केही समय रमाइलो समेत गरीएको थीयो ।
वडा नं २ की दलीत महिला सदस्य लक्ष्मी माया दर्जी को सभापतित्वमा वितरण गरिएको कार्यक्रममा दलित समन्वय समिति अध्यक्ष मान बहादुर बर्देवा, सन्थाल समन्वय समिति अध्यक्ष सोनु मुन्सी हास्दा ले मन्तव्य राख्नु भएको थियो । नेपाली संस्कार संस्कृती संरक्षणको लागी वडा कार्यालयले बाजाहरु समुदायलाई हस्तान्तरण गरिएको वडा कार्यालयले ताएको छ ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...