Home / ताजा समाचार / नेपाली प्रेस अविश्वासनीय त छैन तर भर पर्न सकिदैन : संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा

नेपाली प्रेस अविश्वासनीय त छैन तर भर पर्न सकिदैन : संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा

सप्तरंगी एफएम /दमक /असार १५
दमकमा दमक पत्रकार मञ्चको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रि गोकुलप्रसाद बाँस्कोटाले नेपालको प्रेस अविश्वासनीय नभए पनि पुरै विश्वास गर्न सकिने अवस्थामा नरहेको दावी गर्नु भएको छ।

पत्रकारितामा खाम प्रबित्ति मौलाएको र समाचार बङग्याउने काम भैरहेको भन्दै बाँस्कोटाले संचार माध्यम र त्यसमा कार्यरत पत्रकारहरुमाथि गम्भीर आह्रोप लगाउनुभयो,अहिले केही पत्रकारहरुले समाचारको विषयलाई चाँही उठान नगरेर अनावश्यक विषयलाई प्राथमिकता दिने गरेको समेत वहाले आह्रोप लगाउनु भयो । साथै बाँस्कोटाले सामाजिक सञ्जालमा आएको समाचारले मिडियाको विश्वासमा प्रश्न आउन थालेको दाबि गर्नुभयो

अवको पत्रकारिता क्षेत्र विश्वासनीय बनाउँने तर्फ आफ्नो ध्यान रहेकोले त्यससका लागि आफै सक्षम र इमान्दार हुन वहाले आग्रह पनि गर्नुभयो ।।
श्रमजीवी पत्रकारहरुको हक हिताका लागि सरकारले श्रमजीवि पत्रकारको पारिश्रमिक र बर्गिकरणलाई बैज्ञानिकढंगबाट व्यवस्थित गर्ने मन्त्री बास्कोटाले आस्वासन दिनुभयो ।

सरकारको प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सञ्चारमाध्यमका सवैखाले समस्या,अफ्ठयारा समाधान गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।
पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले पत्रकारहरुले अव व्यवसायीक तथा क्षमता अभिबृद्धि हुने गरि आफनो पेशालाई थप मजवुत गर्नुपर्ने आग्रह पनि गर्नुभयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...