Home / ताजा समाचार / कमल गाउँपालिका स्तरिय सहकारी संजाल गठन तथा कार्यगत एकता सम्बन्धि छलफल

कमल गाउँपालिका स्तरिय सहकारी संजाल गठन तथा कार्यगत एकता सम्बन्धि छलफल

सप्तरङ्गी एफ.एम/दमक /असार १६
झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय वहुउद्येश्य सहकारी संस्थाले आज आफ्नो २० औं वर्षिक उत्सवको अवसरमा छलफल तथा अतर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले वर्षिक उत्सवको अवसरमा कमल गाउँपालिका भित्र एउटै उद्देश्य रहेका कमल २ स्थित श्री पुर्व नेपाल वहुउद्येश्य सहकारी सस्था र कमल ६ स्थित ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्था विच कार्यगत एकता, स्थानिय तहमा रहेका सहकारी विच, गाउँपालिका स्तर सहकारी संजाल गठन तथा आगामि जुलाई ७ तारिक (असार २३ गते ) सम्पन्न हुने अन्तराष्ट्रिय सहकारी दिवस मनाउने सम्बन्ध छलफल भएको नवोदय वहुउद्येश्य सहकारी सस्थालका व्यवस्थापक फणिन्द्र बहादुर कार्किले जानकारी दिनुभयो ।

नवोदय वहुउद्येश्य सहकारी सस्थालका अध्यक्ष दिलिप कुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिका भित्र रहेका सहकारी विच एकता हुनलागेकोमा शुभकामना दिदैै गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...