Home / ट्रेन्डिङ्ग / दमक नगरको शिक्षा नियमावली तत्काल कार्यान्वयन नहुने : नगरपालीकाको नाउँमा सवोच्च अदालतको कारणदेखाउ आदेश

दमक नगरको शिक्षा नियमावली तत्काल कार्यान्वयन नहुने : नगरपालीकाको नाउँमा सवोच्च अदालतको कारणदेखाउ आदेश

सप्तरङ्गी एफ.एम./दमक/असार १६/
नितिगत भ्रष्टचारलाई प्रस्रय दिएको साथै पञ्चायत कालीन टिके प्रथालाई बिउँताएको भन्ने आरोप लागेर खारेजिको माग हुँदै आएको दमक नगरपालीकाको शिक्षा नियमावली २०७४ तत्काल लागु नहुने भएको छ । दमक नगरापलीकाले बनाउँना साथ चौतर्पिm बिरोध हुँदै आएको नियमावली बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो । उक्त मुद्धा माथि सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधिस दिपकराज जोशीको नेतृत्वमा रहेको ५ न्यायाधिस सम्मिलित ईजलासले पत्र प्राप्त भएको ७ दिन भित्र जवाफ पेश गर्न नगरपालीकालाई आदेस गरेपछि उक्त नियमावली तत्काल कार्यान्वयनमा नआउने भएको हो ।
कायमुकायम प्रधान न्यायाधिस सहित न्यायधिसहरु ओपप्रकाश मिश्र, चोलेन्द्र शमसेर राणा, दिपककुमार चालीसे र केदारप्रसाद कार्कीको ईजलासले गत असार ८ गते उक्त आदेश दिएको हो । अदालतको उक्त आदेश असार १२ गते बिपक्षिको नाउँमा चलान भएको देखिन्छ । यता दमक नगरपालीकाका नगर शिक्षा अधिकारी शालिग्राम काफ्लेले भने आफुहरुलाई कुनै पत्र प्राप्त नभएको बताउनु भयो ।
नियमावली आउनासाथ प्रमुख प्रतिपक्षि नेपालीकांग्रेस, शिक्षकसंग समबन्धित संग संगठन र शिक्षा सम्बद्ध सरोकारवालाले खारेजीको माग गर्दै आएका छन् । नेपाली कांग्रेस क्षेक्षिय समिति र शिक्षक महासंघ दमक नगर समितिले नियमावली खारेजीको माग गर्दै नगरपालीकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।
नियमावलीमा नितिगत भ्रष्टचारलाई प्रस्रय :
नियमावलीमा प्रत्येक संस्थागत बिद्यालयले नगरपालीकाका कर्मचारी र जनप्रतिनिधिलाई सञ्चालक समितिमा राख्ने पर्ने प्राबधान रहेकोले उक्त बुँदा नितिगत भ्रष्चार रहेको शिक्षा क्षेत्रका जानकारले बताएका छन् । दमकका रहेका करिब ६० भन्दा धेरै संस्थागत बिद्यालय प्रत्येकले मासिक बैठकमा तिनजनालाई दुई हजार रुपैयाँको दरले बैठक भत्ता दिँदा एकजना नगरपालीको प्रतिनिधिले महिनाको १ लाख २० हजार पाउँछन् । यसरी संस्थागत बिद्यालयबाट रकम लिने नगरपालीकाका प्रतिनिधिले बिद्यालयलाई नियमन गर्नै नसक्ने सरोकारवालाले जिकिर गरेका छन् । यहि नियमलाई टेकेर नगर शिक्षा अधिक्रित र श्रोत व्यक्तिले कतिपय बिद्यालयको बैठक भत्ता ५ हजार सम्म लिन थालेको स्रोतले बताएको छ । बिद्यालयको संचालक समितिको बैठकमा श्रोत व्यक्ति र शिक्षा अधिकारी बिद्यालयमा नजाने तर नगरपालीकामै ल्याएर पैसा दिँदै बैठक पुस्तिाका हस्ताक्षर गराउनु परेको बिद्यालय सञ्चालकहरुले गुनासो गरेका छन् । त्यसैगरी संस्थागत बिद्यालयको ठुलो आपत्ति भनेको संस्थागत बिद्यालयको समिति गठनमा रहेको छ । शिक्षा समितिले तोकेको व्यक्ति अध्यक्ष रहेको बिद्यालय सञ्चालक समितिमा शिक्षा समितिको व्यक्ति सदस्य बस्ने प्राबधान पनि खारेज गर्नु पर्ने संस्थागत बिद्यालयहरुले माग राख्दै आएका छन् ।
नियमावलिले टिके प्रथालाई ब्युंतायो :
सामुदायीक बिद्यालय सञ्चालक समिति गठनमा यस अघिको निमयलाई खारेज गर्दै नगरपालीकाले प्रत्येक सामुदायीक बिद्यालयको सञ्चालक समिति गठनको लागी नियमावलीमा व्यवस्था गरेको छ । यस अघिका व्यवस्थापन समितिलाई खारेज गर्दै नगरपालीकाले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तोक्ने नियमले टिके प्रथालाई ब्युंताएको सरोकारवालाले आरोप लगाएका छन् । अहिलेको नगर शिक्षा नियमावाली अभिभावकमैत्री र बिद्यार्थिमैत्री नभएका कारण लागु हुनै नकस्ने हिमालय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तिर्थराज बस्नेत शंकरले बताउनु भयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...