Home / ताजा समाचार / ठेकेदारले काम नगरेपछि गाउँपालीका आपैंmले थाल्यो सडक मर्मत

ठेकेदारले काम नगरेपछि गाउँपालीका आपैंmले थाल्यो सडक मर्मत

सप्तरङ्गी एफ.एम.दमक/असार १७/डिकेश लामा/
ठेकेदारले समयमा नियमित काम नगरेकोले नागरिकमा हैरानी भएको भन्दै झापाको कमल गाऊँ पालिकाले सडकको गिटिवालुवालाई मिलाउन थालेको छ ।
गत असारमा सम्झौता भई काम शुरु गरेको भनिए पनि लापार्वाही रुपले गिटी वालुवा थुपारे पछि एम्बुलेन्स सेवा समेत चलाउँन नसकिएकोले सो कार्य गरेको गाऊँ पालिकाले जानकारी दिएको छ । यस अघि नै समयमा र व्यवस्थित तरिकाले काम गर्न गराउँन कमल गाऊँ पालिकाले जिल्ला प्रशासन कार्यालय झापालाई पत्रचार गरे पनि सुनवाइ नभएकोले आफैले गिटी बालुवा सम्याउने तथा किनारा लगाउने काम गरेको गाऊँ पालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
दुई बर्षमा निर्माण सम्पन्न गर्नुपर्ने केर्खा–क्याम्पा–सराङपाडा–महाभारा सडकको निर्माण कार्य ठेकेदारले एक बर्ष बित्दासम्म कामको प्रगति हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । १६.७ किलोमिटर सडकको निर्माण कार्य ठेकेदारका कारण सुरु हुन नसक्दा जिल्लाका दक्षिण–पश्चिम भेकका जनताको यात्रा थप कष्टपूर्ण बनेको छ ।
सडक निर्माणको ठेक्का रोशन शाह इन्जिनियरिङ जेभीले लिएको हो । ०७४ असारमा ठेक्का सम्झौता भएको सडकको निर्माण कार्य २४ महिनामा सम्पन्न गर्नुपर्ने छ । तर, एक बर्ष बितिसक्दासम्म ठेकेदारले ५ प्रतिशत पनि काम नगरेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सुजन दाहालले जानकारी दिनु भएको छ । दाहालका अनुसार जिल्ला प्राविधिक कार्यालयको ११ करोड लगातमा उक्त सडक निर्माण थालिएको हो ।
सडक निर्माणको कार्य दुई कलष्टरमा गर्ने गरी सम्झौता गरिएको छ । पहिलो कलष्टरअन्तर्गत ८ किलोमिटर सडक निर्माणका लागि ६ करोड ३३ लाख १५ हजार ३ सय ४५ र दोस्रो कलष्टर अन्तर्गत ८.७ किलोमिटर सडक निर्माणका लागि ७ करोड ४२ लाख ८ हजार ८ सय ४७ रुपैयाको ठेक्का सम्झौता गरिएको छ । काम शुरु तथा नियमित गर्नका लागि ४ पटक ठेकेदारलाई पत्रचार गर्दा समेत काम नभएको कार्यालयले जानकारी दिएको छ ।
उक्त सडक कमल गाऊँ पालिकाको कार्यालय जाने मुख्य सडक हो । सराङपाडा, बुलुचोक, पाँचगाछी, क्याम्पा क्षेत्रका जनतालाई पूर्वपश्चिम राजमार्ग तथा दमक बजार आउन उक्त सडक प्रयोग गर्नुको विकल्प छैन । ‘बर्षौदेखिको प्रयासपछि बल्ल सडक निर्माणको ठेक्का लागेको हो । तर, ठेकेदारको लापरबाहीले सडक निर्माण हुँदैन कि भन्ने चिन्ता स्थानीय बासिन्दाले गरेका छन् ।

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...